• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मन्त्री दुलालको नुवाकोट डायरीः घ्याङफेदीको बस्ती स्थानान्तरणदेखि त्रिशुली अस्पतालको क्षमता वृद्धिसम्म

प्रायजसोः आफ्ना हरेक दिनको गतिविधिहरु सामाजिक सञ्जालमार्फत जानकारी दिने बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले आफ्नो नुवाकोट यात्राबारे ‘डायरी’ लेखका छन् ।

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले शुक्रबार बिहान ‘नुवाकोट भेटौंला’ भन्दै आफ्नो यात्राबारे सामाजिक सञ्जालमार्फत जानकारी दिए । प्रायजसोः आफ्ना हरेक दिनको गतिविधिहरु सामाजिक सञ्जालमार्फत जानकारी दिने मन्त्री दुलालले आफ्नो नुवाकोट यात्राबारे ‘डायरी’ लेखका छन् । 

प्रदेश राजधानी हेटौंडाबाट शुक्रबार बिहान सुरु भएको उक्त यात्रा नुवाकोटका विभिन्न क्षेत्रको अवलोकन र अन्तरक्रिया सकेर शनिबार दिउँसो हेटौंडा फर्किइसकेको छ । 

यसअघि आफू निर्वाचित भएर आएको जिल्ला सिन्धुपाल्चोकमा परेका विभिन्न विपत्तिमा जतिसक्दो छिटो राहत र उद्दारमा आफैं खटिएका मन्त्री दुलालले प्रदेशका अन्य जिल्लाहरुलाई पनि उत्तिकै स्थान दिएर अघि बढेका छन् । 

मन्त्री दुलालसहित प्रतिनिधिसभा सदस्य हित बहादुर तामाङ, प्रदेशसभा उप–सभामुख राधिका तामाङ, जिल्ला समन्वय समिति, प्रमुख शन्तमान तामाङ लगायतको टोली शुक्रबार (२६ भदौ) बिहान यात्रारम्भ गरेको थियो । टोली ८ घन्टा लामो मोटर यात्राबाट दिउँसो १ बजे नुवाकोट उत्तरको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी पुगेको उनले आफ्नो डायरीमा लेखेका छन् । 

गत २३ भदौमा घ्याङफेदीको सिसिपुमा आएको पहिरो र थप पहिरो जाने संभावनाले त्यहाँको १७० घर जोखिममा परेका छन । तत्कालका लागि अस्थायी ठाउँमा आवासको व्यवस्थापनका लागि सरकारका तर्फबाट लगिएको सामान हस्तान्तरण गरिएको उनले आफ्नो डायरीमा उल्लेख गरेका छन् । साथै, टोलीले बस्ती स्थानान्तरणका लागि नागरिकसँग अन्तक्रिया समेत गरेका थिए । ‘दुप्चेश्वर–१,घ्याङफेदी पूरै वडामा करिव ९०० घरधुरी रहेको र झण्डै ८०० घर जोखिममा रहेको स्थानीय सरकारका पदाधिकारी र स्थानीय नागरिक मार्फत जानकारी प्राप्त भयो ।’ मन्त्री दुलालले भनेका छन् ।

उनका अनुसार साविक घ्याङफेदी गा.वि.स. चेलीबेटी बेचबिखनको दर्दनाक परिघटना ब्यहोरेको ठाउँ पनि हो । ‘बागमती प्रदेश कै मानव विकास सूचकाङ्कमा पछाडी रहेको ठाउँ पनि भएकोले त्यहाँका नागरिकको अवस्था, मनोविज्ञान बुझ्ने मेरो दायित्व र इच्छा दुवै थियो । सरकारका तर्फबाट यहाँको भौगर्भिक अध्ययन र नयाँ संभानाको खोजी गरि बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित फर्कियौँ ।’ उनले भनेका छन् ।

 

उक्त निष्कर्षसहित त्यहाँबाट निस्किएको टोलीले दिउँसो ४ः३० बजे दुप्चेश्वर गाउँपालिकाको कार्यालयसंगै, प्रदेश सरकारको बिशेष बजेटबाट निर्मित स्वास्थ्य भवन र त्यस स्वास्थ्य चौकीको अध्ययन र त्यसलाइ अस्पतालमा स्तरोन्नति गर्ने सवालमा पालिकाका पदाधिकारीसँग आवश्यक छलफल गरेको उनले डायरीमा बताएका छन् । 

सोही दिन साँझ ६ बजे तादी गाउँपालिकाको खरानीटार अस्पतालको अवलोकन गरिएको उनले जनाएका छन् । उक्त अस्पतालको सेवा गत आर्थिक वर्षदेखि प्रदेश सरकारको कार्यक्रम अन्तर्गत सञ्चालन भएको हो ।  

साथै, अस्पतालका विकासका सवालमा स्थानीय सरकार र अस्पताल टीमसंग छलफल गरि अस्पताललाई थप सुदृढ गर्ने निष्कर्ष निकालेको मन्त्री दुलालले जानकारी दिएका छन् ।

त्यहाँको अवलोकन र छलफल पछि करिब ९ बजेतिर सदरमुकाम विदुरमा पुगेर बास बसेको मन्त्री दुलालले जानकारी दिएका छन् ।

बिदुरमा बसेको भोलिपल्ट बिहानै ८ बजेबाट स्वास्थ्य कार्यालय र त्रिशुली अस्पतालको अवलोकन पश्चात आवश्यक छलफल गरिएको उनले आफ्नो डायरीमा समावेश गरेका छन् । उनले भनेका छन्, ‘बिहान ८ बजेबाट स्वास्थ्य कार्यालय र त्रिशुली अस्पतालको अवलोकन पश्चात आवश्यक छलफल गरियो । नुवाकोट जिल्मामा कोभिड–१९, रोकथाम, नियन्त्रण र उपचार (आइसियू र भेण्टीलेटर सहित) को व्यबस्थालाइ थप सुदृढ गर्ने निष्कर्ष भयो ।’

त्रिशुली अस्पतालमा प्रदेश सरकारले १ सय सैय्या क्षमताको जनरल अस्पताल बनाउने तयारी थालेको छ । उक्त योजनाका लागि यसै बर्षबाट भौतिक निर्माण, औजार उपकरण र जनशक्ति ब्यबस्थापनको कार्य अघि बढेको छ । साथै, केहि दिनमा कोभिड–१९ परिक्षण ल्याब पनि सञ्चालन हुने उनले बताएका छन् । 

शनिबार दिउँसो १२ बजे विदुर नगरमा रहेका प्रदेश विकासका कार्यक्रमका सवालमा स्थानीय जनप्रतिनिधि र युवाहरुसंग छलफल भएको उनले आफ्नो डायरीमार्फत बताएका छन् । साथै, टोलीले दिउँसो १ बजे नेकपा नगर पार्टी कमिटीको बैठकलाई सम्बोधन गरेर ३ बजे हेटौंडाका लागि प्रस्थान गरिएको उनले बताएका छन् ।

कोभिड–१९ को महामारीबीच मन्त्री दुलालले आफ्नो निर्वाचन क्षेत्रमात्र नभई सिंगो प्रदेशको समुन्नतिका लागि देखाएको पहलकदमीको सामाजिक सञ्जालमार्फत प्रशंसा भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर