• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 11:03 am

मुस्ताङमा आलु खरिद गर्न व्यापारीको हानथाप

जोमसोम  । मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्। गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो।

यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए। आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए। व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ। आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन्।

जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ। थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए। आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए। कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ।

मुलुक संघीयतामा जानुअघि कृषिउपजको तथ्यांक साबिक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो। अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन।

मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो आलु उत्पादनमा प्रसिद्ध छ। तर, त्यहाँ पुग्न कालीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा समस्या हुँदै आएको छ। ढुवानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले सडक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डिजेल र मट्टीतेलको मूल्य घट्यो

  • ३१ भदौ, २०७७

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजना गरेको छ ।  निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रति

व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक

  • ३१ भदौ, २०७७

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज

एनआईसी एशिया बैंक र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको वित्तीय साझेदार

  • ३१ भदौ, २०७७

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेड र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीबीच बैंकलाई