• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 11:44 am

‘रगतमा भएको भिटामिन ‘डी’ले स्वास्थ्यदेखि मृत्युसम्म पुर्वानुमान गर्न सक्छ’

वासिङ्टन । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । 

अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् । स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ ।   

भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ । 

भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् ।

बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो ।

अध्ययनमा ४० देखि ७९ बर्षसम्ममा मानिसहरुलाई समावेश गरिएको थियो । उनीहरु माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो । अध्ययनमा एक हजार ९७० जना संलग्न भएका थिए । 

अध्ययनको नेतृत्वकर्ता डा. एन्टोनिओले भने, ‘भिटामिन डिको अवस्थाको अध्ययनले तत्कालिन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउनसक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको कुरालाई पनि पुर्वानुमान गर्न सक्ने देखिन्छ ।’ उनको टोलीले गरेको अध्ययनको प्रतिवेदन हालै मात्रै तयार भएको हो । एएनआई

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्छ : अध्ययन

  • २८ भदौ, २०७७

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।  यूरोपेली स्वासप्रस्वास समाजको

उच्च–रक्तचापदेखि कब्जियतसम्म कागती पानी पिउँनुकाका यी फाइदा

  • २८ भदौ, २०७७

एजेन्सी । नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा

अर्को वर्षको मध्यसम्ममा मात्र कोभिड–१९ खोप बजारमा आउछ : डब्लुएचओ

  • २० भदौ, २०७७

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ ।  विश्व