• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कफि बिकास बोर्ड र नार्कबीच सहकार्य गर्ने समझदारी, आफु पपुलिष्ट बन्नका लागि काम नगर्न कृषिमन्त्रीको सुझाव

तस्वीर–समाचारदैनिक

काठमाडौं । राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्बीच चिया तथा कफि क्षेत्रको बिकासका लागि संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्ने समझदारी भएको छ । 

कृषि मन्त्रालयमा आइतबार परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी र बोर्डका कार्यकारी निर्देशक डा बिष्णु प्रसाद भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बोर्ड र परिषद्ले नेपाली माटो तथा हावापानी सुहाउदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको बिकास गर्न अनुसन्धनात्मक कार्यहरुले गर्नेछन् । चिया तथा कफीको अनुसँधान तथा बिकासका लागि प्रयोगशाला निर्माण तथा आवश्यक पूर्वाधार तयार गर्ने, अनुसन्धानका निष्कर्षहरुको प्रसार कार्य आदिको संयुक्त रुपमा खोजी गरि कार्यान्वयन र सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख छ ।

कार्यक्रममा कृषि मन्त्री घनश्याम भुषालले आफु पपुलिष्ट बन्नका लागि काम नगर्न सुझाव दिए ।  उनले वास्तबिक अनुसन्धान र समस्या पहिचान गर्नमा केन्द्रीत हुन निर्देशन दिए । मन्त्री भूषालले सार्वजनिक कृषिमा सहकारी र निजी क्षेत्रले तय गरेको लक्ष्यहरुलाई पूरा गर्न सवै एकतावद्ध भएर लाग्नुपर्ने धारणा राखे । सम्झौताको उदेश्य अनुरुप कार्य गर्न दुवै पक्षले आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम र बजेटको सिमाभित्र री आवश्यक प्रारम्भीक अध्ययन अनुसन्धानमक कार्यहरु गर्ने समझदारीपत्रमा उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर