• सोमबार ६-१२-२०७७/Monday 09-28-2020/ 01:42 pm

कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्छ : अध्ययन

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । 

यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन् । 

उनीहरुले कोरोनाका कारण समस्या सृजना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन् । यस अध्ययनमा कोरोनाभाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितहरुलाई समेटिएको थियो । 

अध्ययनमा सहभागीहरु अस्पताल भर्ना भएका १५० जना विरामी नै थिए । उनीहरु अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका विरामी हुन् । शुरुमा ८६ विरामीमा सर्वेक्षण गरिएको थियो । 

अस्पतालबाट डिस्चार्ज भएपछि छ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरुमाथि अध्ययन गरिएको थियो । उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरुलाई विश्लेषण गरिएको थियो । 

त्यसैगरी रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटी स्क्यान र इकोकार्डियोग्रामको समेत विवरणहरुलाई हेरिएको थियो ।  

यी सवै विवरणहरुका आधारमा पहिलो पटकको नतिजा हेर्दा झण्डै ८८ प्रतिशत विरामीमा फोक्सोको समस्या देखिएको थियो ।  

त्यसैगरी डिस्चार्ज भएको १२ औँ हप्तामा दोस्रो पटकको परिक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।  

यसरी जति पछि हुँदै गयो, त्यति धेरै विरामीका मुटु र फोक्सोको समस्यामा कमी हुदै गएको देखिएको अध्ययनकर्ताहरुको भनाइ छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विषाक्त रसायन मिसाइएका ९ कम्पनीको स्यानिटाइजर प्रयोग नगर्न विभागको आग्रह

  • १२ असोज, २०७७

काठमाडाैं । विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।  विभागले जारी

भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखियो

  • १० असोज, २०७७

चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु

सन् २०२१ को सुरुमै आउँछ कोभिड–१९ विरुद्धको चिनियाँ खोप

  • ९ असोज, २०७७

बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ ।