मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं उद्योगी सारडालाई कोरोना संक्रमण

विराटनगर । मोरङ व्यापार संघका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य पवन सारडालाई कोरोना संक्रमण भएको छ ।  केही दिन अघि हल्का ज्वरो आएपछि घरमै एकान्तबास बसेका उद्योगी सारडाको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । 
नेपाली काग्रेंसका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी सारडाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो, खोकी लगायत कुनैपनि लक्षण नरहेको बताएका छन् ।

कोरोना संक्रमण फैलिएसँगै भेटघाट सीमित गर्नुभएका सारडासँग नियमित भेट हुने चारपाँच जना व्यक्ति मध्येबाटै कोरोना संक्रमण भएको उनले बताए ।  कोरोनाका कारण उद्योगहरु आधा क्षमतामा सञ्चालन भइरहेको र भेटघाटलाई पूर्णरुपमा बन्द गर्न नसकिने अवस्थाले गर्दा संक्रमण भएको उनले बताए  । उद्योगी सारडाले जतिसुकै सावधानी अपनाएपनि संक्रमणको सम्भावना रहने देखिएको भन्दै सकेसम्म सावधान भने हुनुपर्ने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर