• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतीय संसदको ‘मनुसन सत्र’ सुरु हुनअघि सांसदहरुको कोभिड–१९ परीक्षण, २५ जनामा संक्रमण पुष्टि

एजेन्सी । भारतको संसदमा सोमबारदेखि ‘मनसुन सत्र’को सुरुवात भएको छ । सत्र सुरु हुनअघि सांसदहरुको कोभिड–१९ परीक्षण गरिएको थियो जसमा २५ जना सांसदलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । 

आइतबार र सोमबार गरी दुई दिनमा यी सांसदहरुको नयाँ दिल्लीस्थित संसद भवनमा कोरोना परीक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएकाहरुमा १७ जना लोकसभा र ८ जना राज्यसभाका सांसद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

लोकसभाका कोरोना संक्रमित सांसदहरुमध्ये १२ जना भाजपाका छन् भने वाईआरएस कांग्रेसका दुई, शिवसेना, डिएमके र आरएलपी पार्टीका एक–एक सांसद छन् । कोरोना पुष्टि भएकी लोकसभाकी भाजपा सांसद मिनाक्षी लेखीले ट्विट गर्दै आफूलाई कोभिड–१९ संक्रमण पुष्टि भएको र आफूँग हालै सम्पर्कमा आएका सबैलाई परीक्षण गराउँन आग्रह गरेकी छिन् । 

यो सत्र सुरु हुनअघि सबै सांसद तथा कर्मचारीहरुले कोभिड परीक्षण गराउनु पर्ने र रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरुलाई परिसरमा प्रवेश अनुमति दिइने नियम बनाइएको छ । उनीहरुको रिपोर्ट ७२ घण्टाभन्दा अघिको हुन नुहने पनि यस नियममा बताइएको छ ।

भारतको राज्यसभाको २४० सांसदमध्ये ९७ सांसद ६५ वर्षमाथिका छन् भने ८०भन्दा बढी उमेरका २० सांसद छन् । यस्तोमा मनसुन सत्र सुरु हुनअघि दुई सदनका बढी उमेरका सांसदहरुले चिन्ता व्यक्त गरेका थिए । 

कोरोनाट विश्वमा सबैभन्दा बढी प्रभावित देश भारतमा महामारीका बीच सुरु भएको मनसुन सत्र १ अक्टोबरसम्म चल्नेछ । यस दौरान कडाईका साथ कोभिड–१९ निर्देशनको पालना गरिनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर