• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रिमियर लिगमा चेल्सीको सानदार शुरुवात 

एजेन्सी  ।  लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार शुरुवात गरेको छ । प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनमाथि ३–१ को सहज जित दर्ता गर्दै चेल्सीले विजयी शुरुवात गरेको हो । 

गएराती सम्पन्न खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको छ । चेल्सीको जितमा जोर्जिन्हो, रीचे जेम्स र कुर्ट जोउमाले एक एक गोल गरेका थिए ।त्यस्तै ब्राइटनका लागि एक गोल लीनड्रो ट्रोसार्डले गरेका थिए ।

यस सिजनमा खेलाडी किन्न ठुलो रकम खर्च गरेको चेल्सीले टिमो वेर्नर, काइ हाभेर्टज जस्ता खेलाडीलाई भित्र्याएको थियो । वेर्नरले आफ्नो प्रिमियर लिगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने हाभेर्टज भने सब्सटिच्युटको रुपमा केहि समय मात्र खेलेका थिए ।

चेल्सीले अब आइतबार लिभरपुलविरुद्ध खेल्दै छ भने ब्राइटनले ईएफएल कप अन्तर्गत पोर्ट्समाउथविरुद्ध खेल्दै छ ।


   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर