कुलमानलाई प्राधिकरणका कर्मचारीले गरे विदाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरताका लागि अन्योल बढिरहेका बेला प्राधिकरण कार्मचारी युनियनले विदाई गरेकाे छ । प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई माला तथा दाेसल्ला लगाएर बुद्धको मूर्ति दिएका छन् । भदौं २८ गते आईतबारबाट कार्यकाल सकिएपछि कार्यालय जान छोडेका घिसिङलाई मंगलबार औपचारिक कार्यक्रम गरेर कर्मचारी युनियनले विदाई गरेकाे हाे ।

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले घिसिङको निरन्तरताका लागि मन्त्रिपरिषद कार्यालयमा प्रस्ताव लगेपछि सोमबारको बैठकमा सो विषयले प्रवेश पाएन । बैठकमा क्रममा प्रधानमन्त्री केपी ओलीले घिसिङको निरन्तरताका लागि कानूनी अड्चन गरेको बताएका थिए । खुल्ला प्रतिस्पर्धाबाट मात्रै घिसिङको निरन्तरता हुनसक्ने संकेत पाएपछि यसअघि प्राधिकरणबाट विदा नभएका घिसिङ मंगलबार विदाई हुन लागेका हुन् । 

कुलमान यसअघि पनि प्रतिस्पर्धाबाटै नियुक्ति भएका थिए । एउटै पदका लागि सोही व्यक्तिले पुनः नियुक्ति लिदा फेरी प्रतिस्पर्धा गर्न नपर्ने कतिपयकाे दर्क छ । मन्त्रिपरिषद बैठकले उनलाई दाहोर्याउने निर्णय गर्नेबित्तिकै घिसिङ पुनः १ कार्यकालका लागि प्राधिकरणको निर्देशकमा नियुक्ति हुनेछन् ।  

ऊर्जा मन्त्रालयले पुनः नियुक्तिको प्रस्ताव गरेपनि मन्त्रिपरिषद बैठकले निर्णय नगर्दासम्म नियुक्ति अन्यौलमै छ ।  

घिसिङ को कार्यकालमा के के काम भए ?

घिसिङ २०७३ भदौ २९ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन । उनी नियुक्त हुनुअघि मुुुलुुकमा १८ घण्टा लामो लोडसेडिङ थियो ।

डेडिकेट फिडरका नाममा उद्योगधन्दालाई विद्युत दिने तर आम उपभोक्तालाई अन्धकारमा राख्ने परिपाटीमा सुधार गर्दै उनले उद्योगको विजुली काट्ने उपभोक्तालाई उज्यालो दिने रणनीति बनाए ।

नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मी पुजाको दिनदेखि काठमाडौं उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेन ।

अरुले लक्ष्मी पुजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्र पुगे र लोडसेडिङ हुन नदिन अनवरत खटिरहे । ३१५ मेगावाटसम्मको माग धान्न सफल भए  । काममा दत्तचित्त भएर खटिरहने उनको बानिको मन्त्री पुनले समेत प्रशंसा गरेका छन् ।  

जसका परिणाम स्वरुप विद्युतको चुहावटमा निक्कै कमि आयो । कुलमानले सबैभन्दा पहिला उत्पादन भएको एक चौथाई विद्युत चुहावट हुने गरेकोमा पहिलो वर्षमा तीन प्रतिशतले घटाए ।

आर्थिक वर्ष २०७२,०७३ मा केन्द्रीय विद्युत प्रणालीमा २५।७८ प्रतिशत विद्युत चुहावट थियो । अहिले २०७६र०७७ सम्म आइपुग्दा विद्युत चुहावट १५।१७ प्रतिशतमा सिमित छ ।

उपभोक्ता बढ्दा, चुहावट घट्दा स्वभाविक हिसावले प्राधिकरणको घाटा कम र नाफा बढि हुन थाल्यो । गत आर्थिक वर्षमा मात्रै प्राधिकरणले ११ अर्ब नाफा कमाएको  छ ।

निजि क्षेत्रका विद्युत उत्पादकहरुले भने प्राधिकरणले ६ सय ५० मेगावाटको हाराहारीमा उत्पादित विजुली सस्तोमा किनेर महंगोमा बेचेका कारण धेरै नाफा कमाउको प्रतिक्रिया दिने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर