• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

ओलम्पियन नयना शाक्यलाई कोरोना

फाइल तस्विर

काठमाडौं । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन्। शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 
ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन्। घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताएकी छिन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर