डिजेल र मट्टीतेलको मूल्य घट्यो

फाइल तस्विर

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजना गरेको छ ।  निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटाएको जनाएको हो । 
यो सँगै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ। पेट्रोल, हवाई ईन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर