• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

'प्राधिकरणमा कुलमान दोहोरिने संभावना जिवितै छ' -मन्त्री पुन

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सेवा अवधि पुरा गरेर विदा भएका कुलमान घिसिङनै दोहोरिने संभावना जिति रहेको बताएका छन् ।

समाचार दैनिकसँगको कुराकानिका क्रममा मन्त्री पुनले घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर आफूले गत आईतबार नै प्रस्ताव गरिसकेको बताए । 'उहाँहरु दुवैजनासँग सल्लाहा गरेर आईतबार नै मन्त्रालयले निरन्तरताका लागि प्रकृया पूरा गरिसकेको थियो । सोमबारको बैठकमा यसबारेमा प्रधानमन्त्रीज्यूले केही चर्चा गर्नुभएपनि प्रस्तावको रुपमा आएन । मन्त्रिपरिषदमा दर्ता भएको ऊर्जा मन्त्रालयको प्रस्ताव विचाराधिन छ । अध्ययनका लागि प्रधानमन्त्रीज्यूले केही समय लिनुभएको पनि हुन सक्छ । अहिले पनि प्राधिकरणमा कुलमानको पुनःनियुक्तिको संभावना जिवितै छ ।' 

ऊर्जा मन्त्रालयले घिसिङको निरन्तरताका लागि प्रस्ताव तयार गरेर सोमबार अबेर विद्युतीय माध्यमबाट तथा हार्ड कपी समेत मन्त्रिपरिषदको कार्यालयमा दर्ता गराएको थियो ।

बिहिबार मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गा चापागाँईले समेत सामाजिक संजाल फेसबुकमा यसबारे स्पस्टीकरण लेखेका छन् । उनले भनेका छन्, 'नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।'

सरकारले सोमबारको बैठकमा घिसिङलाई निरन्तरता दिने निर्णय नगरेपछि सामाजिक सन्जाल तथा नागरिक समाजको बृत्तमा सरकारको आलोचना भईरहेको छ । राम्रो काम गर्ने मान्छेलाई सरकारले पहिचान गर्न नसरेको उनिहरुको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर