• सोमबार ७-१०-२०७७/Monday 10-26-2020/ 06:30 am

मलमास भनेकाे केहाे, किन बार्नु पर्छ ?

यो वर्षको असोजमा मलमास परेको छ। मलमासलाई अधिकमास पनि भनिन्छ। भविस्यपुराण र पद्मपुराणमा मलमासमा गरिने कार्यका बारेमा बताइएको पाइन्छ ।

खासगरी सूर्यको गति अनुसार गणना गरिने महीनालाई सौर्यमास र चन्द्रमाको गतिअनुसार गणना गरिने मासलाई चन्द्रमास भनिएको हो। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिनसम्मको महीना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमा देखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट २४ सेकेन्डको एक महीना हुन्छ । हामीले तिथीहरु चन्द्र्मास र गतेहरु सौर्यमास अनुसार  मान्ने  गरेका  छौ ।
        
यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्र्मासको गणनामा ३५४ दिनको एक वर्ष  हुन्छ। यस हिसाबले प्रत्येक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै  आउँछ अनि ३ वर्षमा ३३ दिनले चन्द्र्मास र सौर्यमास फरक  पार्दछ। यही  ३/३ वर्षमा रहेको  एक  महीनाको फरकलाई मिलाप गराउन  मलमास वा अधिकमास  भनेर  बार्ने गरिएको हो। अर्को अधिकमास ३ वर्षपछि आउँछ।

ब्रह्मसिद्दांतको अनुसार यस्मिन मासे न संक्रान्ति, संक्रान्ति द्वयमेव वा। मलमासः स विज्ञेयो मासे त्रिंशत्त्मे भवेत।। अर्थात जुन चन्द्रमासमा संक्रांति पर्दैन  त्यही महीनालाइ मलमास या पुरुषोत्तम मास  भनिन्छ।  यस्तो  महीनामा भगवान  बिष्णुको पूजा आराधना गर्नुपर्दछ । यस्तो महीनामा  कुनै  माङ्गलिक कार्य नगर्नु भनिएको  छ। नयाँ  व्यवसाय  सुरुवात  र बिबाह पनि गर्नु हुँदैन भनिएको  छ। यस महीनामा व्रत,उपासना पूजापाठ भजन कीर्तन गर्दा फलदायी  हुन्छ। बिष्णु पुराणको श्रवण र पठन गर्नुपर्छ ।
     
यस्मिन् मासे न संक्रान्तिःसंक्रान्तिव्दयमेव वा।
मलमास स विज्ञेयो मासःस्यात्तु त्रयोदशः।।

माथिको श्लोक अनुसार मलमास र क्षयमास महीना वृहस्पति र शुक्र अस्त भएको समयमा जे जे  गर्न नहुने भनेर भनिएको छ । ती शुभ कर्महरु निषेध गरेर दैनिक रुपमा गरिने नित्य कर्महरुलाई छुट दिएको छ। अधिकमासमा नारायण भगवानको स्थापना गरेर ३० नामले पूजा गर्दै अधिकमास महात्म्य श्रवण गर्न छुट छ । यस मासमा अपूप दानको ठूलो महत्व छ। यस अधिकमास बार्नु पर्ने कुराहरु शास्त्रमा यसरी बताएको पाइन्छ।
  
बधूनिवास ज्ञानम्ः उद्वाहात्प्रथमे शुचौयदिवसेद्भर्तृगृहेकन्यका
हन्यात्तज्जननीं क्षये निजतनुं ज्येष्ठे पतिज्येष्ठकम्
पौषे च श्वशुरं पतिं च मलिने चैत्रे स्व पित्रालये,
तिष्ठन्ती पितरं निहन्ति न भयं तेषामभावे भवेत् ।।
विवाहात् प्रथमे  पौषे आषाढे चाधिमासके ।
नसा भर्तृ गृहेतिष्ठेच्चैत्रे पितृगृहे तथा।।

माथिको श्लोक अनुसार बिबाहित महिलाले पहिलो  अषाढ ,क्षयमास,जेठ,पुस रअधिकमासमा पति गृहमा र चैतमा माइती घरमा नवस्नु  भन्ने  कुरा भनिएको  छ। यस अनुसार  बारिएन भने अषाढले सासू, क्षयमासले आफै, जेठले जेठाजु, पुसले ससुरा,अधिकमासले पति र चैतले बाबुआमालाई पिर्दछ भन्ने  पाइन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

६ वर्षीय छोरीको प्रश्न : 'मामु बलात्कार भनेको के हो ?'

  • २७ असोज, २०७७

सधै झै बिहान उठेर आफ्नो नियमति काममा लाग्दै थिए । छोरी उहि उत्साहका साथ उठिन् र अंगालो हालिन ।  बिहानीको समय मेरा लागि ऊर्जाशिल र उत्साहजनक समय हो ।

'बेसार पानीकाे भ्रम नपालौं'

  • २३ असोज, २०७७

एपी वान टिभीमा कार्यरत सिन्धुपाल्चोकका पत्रकार विष्णु क्षेत्रीले कोरोनाले आफूलाई गाल्दाको अनुभव बाँडेका छन् । कोरोना भाइरस र यसले पार्ने

नान्दी वा वृद्धि श्राद्धको महत्त्व

  • १४ असोज, २०७७

श्राद्ध शब्दले पितृहरूलाई सम्झने सम्मान  र गर्ने भन्ने जनाउँछ। श्राद्धको अर्थ हो श्रद्धा । पितृहरूलाई श्रद्धापूर्वक सम्झिएर उनीहरूप्रति कृतज्ञता