• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विदेशबाट भित्रने अनलाइन माध्यमको आम्दानी बै‌क खाता मार्फत

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार गरेबापत विदेशबाट भित्रिने मुद्रा नेपालका बैंकको खातामा रकमान्तर हुने व्यवस्था ल्याएको छ । जसअनुसार अब युट्युबमार्फत् कमाएको पैसा नेपालकै बैंक खातामा आउनेछ।

केन्द्रीय बैंकद्वारा जारी सूचानामा भनिएको छ–‘सूचना प्रविधि सम्बद्ध दक्षता तथा विज्ञताको निकासी बिक्रीमा प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक÷व्यापारिक कारोबारवापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुनेछन् ।’

बैंकले एक सूचना जारी गर्दै विदेशबाट वैधानिक विधिबाट मुद्रा नेपाल भित्र्याउन विभिन्न अनलाइन भुक्तानीको सेवा गरी सिधै नेपालका बैंकमा रकम बचत गर्न सकिने सुविधा ल्याएको हो । यो व्यवस्थाले विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर