• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आइपिएल आजदेखि शुरु, पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिड्दै

एजेन्सी ।  आजदेखि यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) हुँदै छ । कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपिएल विशेष स्वास्थ्य प्रोटोकलका बीच हुँदै छ ।

आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुँदै छ ।

आइपिएलको इतिहासमा सबै भन्दा बढी फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो खेल रोचक नै हुने अनुमान गर्न सकिन्छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । 

चेन्नई र मुम्बईबीचका अहिलेसम्मका खेलको विश्लेषण गर्दा दुवै बिचमा अहिलेसम्म २८ खेल भएको छ जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ ।  


यस सिजन चेन्नईका लागि धोनी सहित शेन वाटसन, अम्बाती रायडु, केदार जादभले शिर्ष क्रमको ब्याटिंग सम्हाल्नु पर्ने छ । चेन्नईको ओपनिंग वाटसन र रायडुले गर्ने छन् भने ओपनरका लागि मुरली विजयी पनि उपलब्ध रहने छन् ।

त्यस्तै रैनाको अनुपस्थितिमा टिमको तेस्रो स्थानमा दक्षिण अफ्रिकी खेलाडी फाफ डुप्लेसी आउने सम्भावना रहेको छ । त्यस्तै धोनी चौथो नम्बरमा र केदार जादभ पाँचौ नम्बरमा आउने सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर