अभिनेत्री कंगना रनावतले पत्रकारलाई धम्काएपछि मुम्बई प्रेस क्लबले ध्यानाकर्षण 

एजेन्सी । मुम्बई प्रेस क्लबले अभिनेत्री कंगना रनावतले एक पत्रकारमाथि दिएको धम्कीको निन्दा गरेको छ । बिहिबार, कंगनाले ट्विट गर्दै एक पत्रकारलाई जेल पठाउने धम्की दिएकी थिइन् ।

हालै कंगनाले एक अन्तवार्तामा आफू बीजेपी भएर पनि शिवसेनालाई जबरजस्ती भोट हाल्न लगाएको बताएकी थिइन् । साथै उनले भोट हाल्न जाँदा बीजेपीलाई भोट हाल्ने बटन नदेखेको पनि भनेकी थिइन् । कंगनाको यहि कुरालाई उक्त पत्रकारले झुट बोलेकोसमेत बताएकी थिइन् ।

पत्रकार कमलेश सुतारले कंगनाले झूट बोलेको भन्दै ट्विटरमा लेखेका छन्,“कंगना बान्द्रा वेस्ट सिटको मतदाता हुन् । सन् २०१९ को विधानसभा चुनावमा बीजेपीका उमेदवार आशीष शेलार र सन् २०१९ को लोक सभा चुनावमा बीजेपीकै पुनम महाजन लडेका थिए ।”

पत्रकारको यहि ट्विटमा आक्रोश पोख्दै कंगनाले धम्की दिँदै लेखेका थिए,“तिमी गलत छौं, यसरी गलत सूचना फैलाउन बन्द गर ।  म तिमीलाई कानुनी सूचना पठाउने छु । तिमीले यो अदालतमा प्रमाणित गर्नुपर्नेछ, यो ट्रोलको कारण तिमी जेलमा पर्नुपर्नेछ ।”


यद्यपि कंगनाले उक्त ट्विट अहिले डिलिट गरिसकेका छन् । तर मुम्बई प्रेस क्लबले कंगनाको उक्त ट्विट स्क्रिनसट सेयर गर्दै कंगनाको यो धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कंगनाको धम्कीको निन्दा गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर