• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ५५ हजार ६ सय नाघ्यो

काठमाडौं । विश्वमा गएको २४ घण्टामा ५ हजार ४ सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसरी विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ५५ हजार ६ सय ९४ पुगेको वल्डोमिटर्सले जनाएको छ । 

गएको २४ घण्टामा सबै भन्दा धेरै भारतमा कोरोना संक्रमणबाट मानिसहरुले ज्यान गुमाएका छन् । भारतमा एकैदिन १२ सय २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यसरी भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८५ हजार ६ सय २५ रहेको छ । 

त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ९ सय २७ जनाले ज्यान गुमाएका छन् । यसरी अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३ हजार १ सय ४० पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर