• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अमेरिकी सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीश गिन्सबर्गको निधन

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएको छ। सर्वोच्च अदालतले जारी गरेको वक्तव्यमा न्यायाधीश गिन्सबर्गको वासिङ्गटन डिसीस्थित घरमा निधन भएको हो।

महिला अधिकारकी च्याम्पियन तथा मत्वपूर्ण प्रगतिशील फैसलाका लागि सदैव स्मरण गरिने न्यायाधीश गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मेटिस्टाटिक प्याङ्क्रियाटिक क्यान्सरका कारण उनको निधन भएको हो । न्यायाधीश गिन्सबर्गको निधन हुने बेला परिवारका सदस्य साथैमा रहेको अदालतले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यसअघि क्यान्सरको उपचार गरेर निको भएकी उनमा यो वर्ष पुनः क्यान्सर देखिएपछि किमोथेरापी गरिँदै आएको थियो । सर्वोच्च अदालतमा २७ वर्षअघि न्यायाधीशका रुपमा नियुक्त भएकी गिन्सबर्ग सबैभन्दा बढी उमेरकी सक्रिय न्यायाधीश थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर