• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

हाम्रा कुलमान

राम्रो काम  गर्नेलाई  कुर्सी  कहाँ  छ र।
फेरि पनि नेपालीलाई  उज्यालो  कहाँ  छ र ।।
राम्रोराम्रो सल्लाह  दिने प्रमका सल्लाहकार ।
यिनले  नै पार्दै  छन्  है देशलाई अन्धकार ।।
कानुन  नै मिचेर  जस्तो पनि मिलाउने ।
कुलमानलाई हैन  अब अरुलाई नै  चढाउने ।।
प्रमलाई कुलमानको योगदान  भयो  रे सानो ।
अरिङगाल भर्ति गर्ने पानीमाथि ओभानो ।।
चौबिस घन्टा  बिजुली छाडि क्यानडिलको दियो ।
उज्यालोको केन्द्र बिन्दु कुलमान नै भयो ।।
यस्तो  मान्छे  अब फेरि  कहाँ  पाइन्छ ।
प्रमलाई त फेरि  उही गोकुल  नै चाहिन्छ ।।
हरुवा वामदेवलाई सभासद बनाउन  कति चटारो ।
जितुवा कुलमानलाई नियुक्तिमा  के गर्थें  हताराे।।
विचार  गर प्रधानमन्त्री जनता सधैं  चाहिन्छ  ।
चुनाव  जित्न फेरि  पनि मत चाहिन्छ  ।।
जनताको मन जित्न  गर्नु पर्छ  काम ।
हेर त जताततै  कुलमानको शान ।।
वर्सौसम्म घाटा रहेको  चार वर्षमा नाफा  ।
जताततै  कुलमान जस्तै  हुनुपर्छ  सफा  ।।
       
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर