• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

संविधान दिवसको शुभकामना दिदै प्रचण्डले भने- जनताको अपेक्षाअनुसार काम गरिनेछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा सबैलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । उनले जनताको अपेक्षा अनुसार अझै व्यापक रुपमा विकासका काम अगाडी बढ्ने बताएका छन्

उनले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैमा पनि एउटा ऐतिहासिक राजनीतिक परिघटना भएको समेत जनाएका छन् ।  अध्यक्ष प्रचण्डले दाहालले राष्ट्रिय स्वाधिनता तथा एकताका काम भएको र सिमानाका समस्या समाधान गर्ने, नेपालकै भूगोललाई नक्सामा समावेश गर्नेलगायतका काम हुनु भोलिका दिनका लागि सुखद संकेतका रुपमा लिन सकिने बताए। उनले आजको संविधान दिवस सबै नेपालीमा एकता, शान्ति र समृद्धिको संकल्प लिने दिनका रुपमा रहने पनि बताए।

पाँचौ संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्ट रुपमा समाजवादी व्यवस्था तर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रचण्डले संविधानले निर्दिष्ट गरेका मौलिक अधिकार, स्थानीय, प्रदेश तथा सघीय संरचनासम्बन्धी ऐन बनाउने, अन्तर्राष्ट्रिय सम्बन्ध खासगरी छिमेकीको सम्बन्धलाई सुदृढ गर्ने र पूर्वाधार निर्माणलाई सरकारले ध्यान दिएको पनि बताएका छन्। 

संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘यस अवसरमा सर्वप्रथम जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर