• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 07:09 am

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफि मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा  गरेकी हुन्। 

नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेका प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको मौसमः देशका अधिकांश भेगमा मौसम सफा रहने

  • १३ कार्तिक, २०७७

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि

कर्मचारीको रिपोर्ट नेगेटिभ आएसँगै  विद्युत् कार्यालयद्वारा सेवा पुनःसञ्चालन

  • १२ कार्तिक, २०७७

सिमकोट । जिल्ला सदरमुकाम सिमकोटस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटले झण्डै एक महिनापछि मिटर रिडिङ र बिलिङ सेवा शुरु गरेको छ ।

भैंसीले हानेर एक महिलाको मृत्यु

  • १२ कार्तिक, २०७७

देउखुरी ।  दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो