• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 07:11 am

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

 निमोनियाको समस्या रहेकी महिला तीन दिनअघि उपचारका लागि अस्पताल गएकोमा कोरोना भाइरससंग मिल्दो लक्षण देखिएपछि कलेजले पिसिआर परीक्षणका लागि श्वाब पठाएको र हिजो बेलुका उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए । योसंगै पाल्पामा कोरोना संक्रमित चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 यसअघि पूर्वखोला गाउ‘पालिकाका ४५ वर्षीय पुरुष,  तानसेन नगरपालिकास्थित, पिपलडा‘डाकी ३० वर्षीया महिला र तानसेन नगरपालिका, टिन्टीअ‘ापका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ सङ्क्रमित थप

  • १२ कार्तिक, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा  ५५६ जना कोरोना सङ्क्रमित  थपिएका छन् ।  सोही अवधिमा मंगलबार ४३  सङ्क्रमित थपिएका थिए भने हिजै

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

  • १२ कार्तिक, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र दिउँसो गरी तीन पटक

कैलालीको सोयाबिन उद्योगमा आगलागी

  • १२ कार्तिक, २०७७

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार