• सोमबार ७-१०-२०७७/Monday 10-26-2020/ 06:21 am

प्रश्नोत्तर अभ्यासले शैक्षिक क्षमता बढाउछ

वासिङ्टन । बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ । पढाईका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमतामा नाटकीय र आश्चर्यजनक तरिकाले बृद्धि भएको अध्ययनकर्ताहरुको निश्कर्ष छ । 

प्रश्नोत्तर अभ्यास धेरै गर्ने र नगर्ने विद्यार्थीका बीचमा तुलना गर्दा धेरै गर्नेहरुको शैक्षिक प्रस्तुति राम्रो भएको पाइएको हो । प्रश्नोत्तर अभ्यास गर्ने गरेका विद्यार्थीहरुले चाँडो चाँडो प्रतिक्रिया दिने, सक्रिय देखिने र प्रस्तुति पनि राम्रो हुने गरेको अध्ययनकर्ताहरुले बताएका छन् । 

इओवा स्टेट युनिभर्सिटिको मनोविज्ञान विभागका बरिष्ठ सदस्य मार्कस क्रेडीले पनि अध्ययनले रोचक अवस्था देखाएको बताए । कक्षा कोठामा जोड दिनेभन्दा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको प्रस्तुित प्रभावकारी भएको जानकारी दिए । 

उनीहरुले झण्डै एक हजार विद्यार्थीमा प्रश्नोतर अभ्यास र उनीहरुको शैक्षिक क्षमताबीचको सम्वन्धका बारेमा अध्ययन गरिएको पनि जानकारी दिएका छन् । अध्ययनकर्ताहरुले हरेक विद्यार्थी तथा बालबालिकाहरुलाई प्रश्नोत्तर अभ्यास धेरै गराउन पनि सुझाव दिएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

  • ९ कार्तिक, २०७७

गाईघाट ।  उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् ।  शनिबार स्थानीय २३ वर्षीया

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

  • ८ कार्तिक, २०७७

झापा । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान

दशैंमा खसीको मासुको पक्कु बनाउने सजिलो तरिका

  • ८ कार्तिक, २०७७

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं सुरु भइसकेको छ । दशैँमा विशेष गरि खसी–बोकाको मासुका परिकार खाने चलन छ । पाहुनालाई केही फरक परिकारले स्वागत