• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 08:10 pm

अध्यक्ष प्रचण्डले चितवनका दुई पुराना वामपन्थी नेता भेटे

चितवन । शुक्रबार चितवन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय जगतबहादुर श्रेष्ठ र खम्बसिंह कुँवरलाई भेट गरेका छन् । 

केही समयदेखि अस्वस्थ्य रहनु भएका श्रेष्ठ र कुँवरलाई अध्यक्ष प्रचण्डले उनीहरुको निवासमा पुगेर भेट गरेका हुन् । भेटमा दुबै जनाको स्वास्थ्य अवस्था बुझेर अध्यक्ष प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे । 

पुराना कम्युनिष्ट नेता श्रेष्ठको निवास पुलचोकमा पुगी अध्यक्ष प्रचण्डले स्वास्थ्य लाभको कामना गरे । केही दिनअघि घरमै लडेर गम्भीर बिरामी पर्नु भएका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । टाउकोमा गम्भीर चोट लागेको कारण मस्तिष्कमा रगत जमेको भन्दै अस्पतालले थप उपचार सम्भव नभएको जनाएको थियो ।

अस्पतालबाट डिस्चार्ज गरेपछि श्रेष्ठलाई घरमै अक्सिजन दिएर राखिएको श्रेष्ठका छोरा सुधिर श्रेष्ठले बताए । नेकपा अध्यक्ष प्रचण्डले श्रेष्ठले कम्युनिष्ट आन्दोलन र निष्ठाको राजनितिमा खेलेको भूमिकाको चर्चा गर्दै उपचार र स्वास्थ्यमा विशेष ख्याल गर्न परिवारजनलाई आग्रह गरे । 

अध्यक्ष प्रचण्डले शनिबार नै अर्का पुराना वामपन्थी नेता कुँवरको निवासमा पुगेर उनलाई भेटेका हुन् । लामो समयदेखि प्रोस्टेटको समस्यामा रहनु भएका कुँवरले स्वास्थ्यलाभ गरिरहेका छन् । अध्यक्ष प्रचण्डले नेता कुँवरको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उच्चमनोबलका साथ जिउन आग्रह गरे । 

काजीबा उपनामले चर्चित कुँवरले तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध संचालन गर्दा अध्यक्ष प्रचण्डको मुख्य रणनैतिक सल्लाहकारको भूमिका निभाएका थिए । पार्टी एकतापछि बनेको नेकपाले सत्ता संचालनको मौका पाएर पनि जनताको पक्षमा ठोस काम गर्न नसकेको भन्ने नेता कुँवरको गुनासो रहेको छ ।

चितवनका दुई जना पुराना वामपन्थी नेताको स्वास्थ्य अवस्था बुझ्न उनीहरुको निवासमा पुग्नु भएका अध्यक्ष प्रचण्डसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केस तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थिति रहेको थियो । पारिवारिक भेटघाटमा शुक्रबार चितवन आएका अध्यक्ष प्रचण्ड शनिबार नै काठमाडौँ फर्कंदै छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

  • ११ कार्तिक, २०७७

झापा । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय, झापाका

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

  • ११ कार्तिक, २०७७

लहान ।  पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार

प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण

  • ११ कार्तिक, २०७७

राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना