• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बाह्रविसे–७ का बाढी पीडितलाई राहत बोकेर पुग्यो युवा संघका संयोजक सापकोटा सहितको टोली

१६ घरधुरीलाई पुग्नेगरी जस्तापाता उपलब्ध गराउने प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं–७ नागपुजेका बाढी पीडितलाई राहत वितरण गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ सहितको टोलीले शनिबार बाढी प्रभावित क्षेत्रमा पुगेर राहत हस्तान्तरण गरेको हो । 

अत्यावश्यक खाद्य सामाग्रीसहित पुगेको युवाको टोलीले नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनको उपस्थितिमा राहत वितरण गरेको हो । युवा संघ, केन्द्रीय कमिटीले जिल्ला कमिटी सिन्धुपाल्चोकको समन्वयमा बाह्रविसे–७ पुगेर राहत हस्तान्तरण गरेको छ । चामल, नुन, तेल, दाल लगायतका अत्यावश्यक खाद्य सामाग्री बोकेर युवा संघ त्यहाँ पुगेको हो । 

०७१ सालयता विभिन्न प्राकृतिक प्रकोपबाट थलिएको सिन्धुपाल्चोकमा यो वर्ष झनै धेरै प्रकोप परेको छ । यसअघि सोही नगरपालिकाको जम्बु र जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा पनि युवा संघ राहत बोकेर पुगेको थियो । १८६ घरलाई पुग्नेगरि राहत वितरण भएको युवा संघ, सिन्धुपाल्चोकले जनाएको छ । 

बाढी पहिरो पीडितलाई सोही वडाको अर्को सुरिक्षत स्थानमा स्थानान्तरण गरिएको वडा नं ७ का वडाध्यक्ष मिन बहादुर श्रेष्ठले जानकारी दिए । साथै, १६ घरधुनीलाई पुग्नेगरि जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता पनि युवा संघले गरेको छ । राहत वितरण कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य वचन सिंह, युवा नेता सरल सहयात्री, युवा संघका नेता ललित श्रेष्ठ ‘अभियान’ लगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै, ललितपुर निवासी समाजसेवी इन्द्र बहादुर श्रेष्ठले पनि राहतका लागि सहयोग गरेका थिए । उनी यसअघि पनि विभिन्न प्राकृतिक प्रकोपमा पनि सहयोग गर्दै आएका छन् । राहत वितरण कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य वचन सिंह, जनसांस्कृतिक महासंघका केन्द्रीय संयोजक तथा ३ नं प्रदेश स्कुलिङ विभागका प्रमुख सरल सहयात्री, युवा संघका केन्द्रीय सदस्य ललित श्रेष्ठ ‘अभियान’, योगदान मगर, सबिन आचार्य लगायतका सिन्धुपाल्चोकका युवाहरुको वितरण कार्यक्रममा उपस्थिति रहेको थियो ।

साथै, भक्तपुर निवासी बद्रि शाही ‘ठकुरी’ ले पनि राहत सामाग्रीका लागि सहयोग गरेको युवा संघ, सिन्धुपाल्चोकले जानकारी दिएको छ । त्यस्तै, ललितपुरबाट युवा संघका केन्द्रीय सदस्य धनकुमार मैनाली ‘अभिनाश’, भक्तपुरबाट केन्द्रीय सदस्य दिनेश थपलिया ‘आक्रोश’, काभ्रेबाट केन्द्रीय सदस्य रहेका यागेन्द्र लामा ‘वाल’, राम घिमिरे, सुमन केसी लगायतको उपस्थिति रहेको थियो । 

साथै, ललितपुरको जागरण टोल बिकास संस्थाले पनि राहत संकलनमा सहयोग गरेको थियो । कार्यक्रममा अन्य युवा नेताहरु उमेश घोरासैनी, राजु कुटु, कैलाश, अजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर