‘नेपाल आइडल सिजन–३’ का फस्ट रनरअप प्रविणको  ‘पहिलो नजरमा चाहन्छु’ गीत सार्वजनिक 

काठमाडौं । नव गायक तथा ‘नेपाल आइडल सिजन–३’ का फस्ट रनरअप प्रविण बेडवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक गरिएको छ । गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ ।

‘फिल’ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कुमार महाराजको तवला, विनोदकमार भुजेलको गिटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ ।

लिरिकल भिडियोमार्फत सार्वजनिक गीत नेपाल विशेषको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर