अछाममा नौ वर्षिया बालकको हत्या

अछाम । अछामको साँफेबगर नगरपालिका-९ मा एक बालकको हत्या भएको छ। स्थानीय ४० वर्षीय गणेश सुनारले ९ वर्षीय हिमाल विकको हत्या गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय साँफेबगरले जनाए अनुसार हत्याको कारण खुलेको छैन। कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टले हत्यामा संलग्न भनिएका सुनार पक्राउ भइसकेकाले घटनाको कारण चाँडै खुल्ने बताए।

बालकको टाउको र मुखमा चोट रहेको छ। मृतक बालकको शव पोष्टमार्टमकम लागि सदरमुकाम मंगलसेन पठाइएको प्रहरी निरीक्षक भट्टले बताए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर