• सोमबार ७-१०-२०७७/Monday 10-26-2020/ 07:10 am

१८ महीनामा सक्ने पुल चार वर्षमा सकियो

बागलुङ। बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण सुरु भएको चार वर्षपछि मोटरेबल पुल सम्पन्न भएको छ।

पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सीधा यातायात चल्न थालेका छन्। पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो। 

२०७३ असारमा तीन करोड सात लाख रूपैयाँ लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो। पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो। 

ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए। ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ। पुल ढलान गर्नका लागि सेटिङ गर्ने क्रममा गौदीखोलामा २०७३ असारमा आएको बाढीले निर्माण सामग्री बगाएको थियो।

फाउन्डेशनको पानी फाल्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएपछि पुल निर्माणमा ढिलाइ भएको नयाँबाटो, जुम्ली, आचार्य जेभीका आधिकारिक प्रतिनिधि कुमार खड्काले जानकारी दिए।

“पुल निर्माण सम्पन्न भएको छ, हस्तान्तरण गर्न बाँकी नै छ”, खड्काले भने, “तीनपटक निर्माण गर्ने समयमा पुलका निर्माण सामग्री बगायो, एक श्रमिकको मृत्यु भयो, त्यसै कारणले ढिला भएको हो।”

पुल निर्माणसँगै गलकोट नगरपालिकाको केन्द्र मजुवाफाँट, हरिचौर र तारखोलालगायतका स्थानमा सीधा यातायात सेवा सञ्चालन हुने गलकोट नगरपालिका(३ हटियाका वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए। ढिलै भए पनि पुल निर्माण सम्पन्न भएको छ तर पुलको दाँयाबाँयाको खोलामा तटबन्ध लगाउन आवश्यक रहेको भण्डारीको भनाइ छ। 

पुलको आसपासमा ग्याविनको काम बाँकी रहेको र त्यो काम सम्पन्न हुनासाथ पुल जिम्मामा आउने डिभिजन सडक कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताए। “पुल बनेर सवारी गुड्ने भइसकेको छ, तर पुलको सुरक्षाका लागि खोलामा ग्याविन लगाउन बाँकी छ”, लम्सालले भने, “तीनपटक म्याद थपेर मात्रै पुल निर्माण भएको छ।”

पुल आरसिसी मात्रै नभएर प्री(स्टेटेस प्रविधिको भएको कार्यालयको भनाइ छ। पुलको बिममा रडको प्रयोग नगरी केबलको प्रयोग गरिएको कार्यालय प्रमुख लम्सालले बताए। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाबाट पोखरामा थप चारको मृत्यु

  • ९ कार्तिक, २०७७

गण्डकी । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन् । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात,

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

  • ९ कार्तिक, २०७७

चितवन ।  कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको

टाउकोमा बञ्चरो हिर्काएर आमाको हत्या

  • ९ कार्तिक, २०७७

कञ्चनपुर ।  घरायसी विवादमा पुनर्वास नगरपालिका–३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन्। साठी वर्षीया पार्वती वादीको