• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

चीनमा गरिबी कम गर्नका लागि पाँच वर्षमा १५ खर्ब युआन खर्च

बेइजिङ । चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका सिन्हुवाले जनाएको छ ।

चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०१६ देखि चालू वर्षको अगष्टसम्ममा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रिय विकास बैंकले १५ खर्ब चिनियाँ युआनको ऋण परिचालन गरेको बताएको छ । बैङ्कले गरिबी निवारणका लागि अल्पसङ्ख्यक तथा गरिब समुदायको आर्थिक तथा सामाजिक दिगो विकासका लागि उक्त ऋण सहयोग दिएको हो ।

केही वर्षयता सरकारको गरिबी निवा।रणको नीतिलाई मजबुत बनाउनुका साथै बैंक र सरकारबीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतार्दै गरिब समुदाय रहेका क्षेत्रमा गरिबी निवारण कार्यक्रमलाई प्रोत्साहन गरिएको छ ।

बैङ्कले मध्य तथा दीर्घकालीन समयका लागि ऋण लगानी गर्दै बैंकिङ्ग सेवाद्वारा नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर