• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

थाइल्याण्डमा राजतन्त्र विरुद्ध विशाल प्रदर्शन जारी

एजेन्सी । थाइल्याण्डमा राजा महा भजिरालोङकोर्नको शासनलाई खुल्ला चुनौती दिँदै राजधानी बैंककमा हजारौँ प्रदर्शनकारीले मार्च गरेका छन् ।  थाई राजतन्त्र विरुद्ध आइतबारको भव्य प्रदर्शन दोश्रो दिन हो । 

विद्यार्थीहरद्वारा नेतृत्व गरिएको उक्त आन्दोलनमा देशको राज्तन्त्रको र राजनीतिक प्रणालीको सुधारको लागि अपिल गरिएको छ ।

शनिबार, अहिले सम्मको सबैभन्दा ठुलो प्रदर्शन रहेको थियो, हजारौंको संख्यामा मानिसहरु राजनीतिक परिवर्तनको माग गर्दै सडकमा उत्रिएका थिए ।

राजतन्त्रको सुधारको लागि भएको उक्त आन्दोलन निकै संवेदनशील बनेको छ किनभने थाइल्याण्डमा राजसंस्थाको अपमान वा आलोचना गरे लामो समय सम्म जेल सजाय रहेको छ ।

आन्दोलनकारीहरुले प्रधानमन्त्री, प्रयुथ चान(ओचा को राजिनामाको माग गरेका छन् । उनी सन् २०१४ को सैनिक कू पछि सत्तामा आएका थिए र पछिल्लो वर्ष निकै विवादित चुनाव पनि जितेका थिए ।

आइतबार बिहान, विद्यार्थीहरुले राजाको क्षेत्र जसलाई सनम लुआंग भनिन्छ, त्यहाँ जनताको प्रतिनिधित्व गर्ने एउटा प्रतिमा स्थापना गरेका छन् जसलाई “पिपुल्स प्लेक” भनिएको छ ।

उक्त प्रतिमा सन् २०२० सेप्टेम्बर २० मा बनाइएको लेखिएको छ र यसमा थाइल्याण्ड देश राजाको नभई जनताको भएको बताइएको छ ।

आयोजकहरुले उक्त प्लेकलाई १९३० देखि रहेको पूर्ण राजतन्त्र जुन सन् २०१७ मा अन्त्य भएको थियो, त्यसको प्रतिस्थापनको रुपमा राखिएको बताएका छन् ।

आन्दोलनकारीहरुले उक्त प्लेकको उद्घाटनमा समर्थन गदै, 'सामन्तवादको अन्त्य , जनता सधै बाँचीरहून्' जस्ता नारा लगाएका थिए ।

उक्त घातुमा बनाइएको प्रतीकलाई दरबार (बैंकक ग्रयाण्ड प्यालेस)को नजिक प्रदर्शनी गर्दै राखिएको छ जुन थाइ राजा महा वजिरालोंगकोर्नको विरुद्धमा अहिलेको सबै भन्दा भव्य चुनौती रहेको छ ।

थाइ सरकारको अधिकारीको अनुसार, प्रदर्शनका क्रममा कुनै पनि खाले हिंसाका घटना नभएको कारण प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर