• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या पछिल्लो एक महिना अगाडीको भन्दा कम देखिदै आएको छ । गएको २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय ४४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । 

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख ४ हजार ७ सय ८६ जना पुगेको छ । अमेरिकामा एकैदिन२ सय ९४ जनाले ज्यान गुमाएका छन् । यसरी अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ४ हजार १ सय १८ पुगेको छ ।

अमेरिकामा ४२ लाख ५० हजार १ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन् भने २५ लाख ५० हजार ५ सय २९ जना संक्रमित उपचाररत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर