• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

लेस्टर सिटीको लगातार दोस्रो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लेस्टर सिटीले शानदार जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई ४–२ ले पराजित गरेको हो । लगातार दोस्रो जित निकालेको लेस्टर शीर्ष स्थानमा छ।

लेस्टरको जितमा हार्भी बार्नेसले २० औँ, जेम्स जस्टिनले ६१ औँ मिनेटमा र एरिक प्राएटले ७९ औँ मिनेटमा गोल गरे । त्यसअघि ५० औँ मिनेटमा बर्नलीका पिएटर्सले आत्मघाती गोल गरे ।

बर्नलीका लागि क्रिस वूडले १० औँ मिनेटमा र ७३ औँ मिनेटमा डुनीले गोल गरे। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर