• सोमबार ७-१०-२०७७/Monday 10-26-2020/ 07:36 am

खुर्पा प्रहार गरी ससुराको हत्या

कावासोती ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । ंलग्न मगरसमेत सामान्य घाइते भएका छन् ।

उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने  प्रहरी नायब उपरीक्षक खाँणले बताए । घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जो जहाँ जहाँ छाैँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँः प्रधानमन्त्री ओली

  • १० कार्तिक, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँको अवसरमा  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा

नदीमा डुबेर दुईको मृत्यु

  • ९ कार्तिक, २०७७

कैलाली ।नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

  • ९ कार्तिक, २०७७

काठमाडौँ । नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष  बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ