• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘हिमचितुवा’ आङ रिता शेर्पाको निधन 

काठमाडौं । ‘हिमचितुवा’का नामले चिनिने किर्तिमानि हिमाल आरोही आङ रिता शेर्पाको निधन भएको छ । ७२ बर्ष को उमेरमा शेर्पाको निधन भएको हो । आज बिहान १० बजे निजी निवास काठमाडौं, जोरपाटीमा उनको निधन भएको हो ।

शेर्पाले नेपाललाई विश्व रङगमञ्चमा चिनाउने सन्दर्भमा १० पटक सम्म बिना अक्सिजन सगरमाथा आरोहण गरेका थिए । शेर्पाको निधनप्रति विभिन्न संघसंस्थाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।  

शेर्पा सुप्रबल गोरखा दक्षिण बाहु पहिलो लगायत राष्ट्रिय, अन्तरराष्ट्रिय पुरस्कारबाट बिभुषित भएका थिए ।  उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर