• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नख्चिवनः विश्वका सबै भन्दा आत्मनिर्भर देश

नख्चिभनको आर्थिक नीतिले यहाँको खानेकुरा पनि परिवर्तन गर्यो । यहाँका मानिसहरु स्लो फूड तथा अर्गानिक खेतितर्फ लागे । यो राष्ट्रिय गौरवका स्रोत बन्यो । जसले यस ठाउँको विशेष पहिचान बनायो ।

सायद, तपाईंले नख्चिवनको नाम कहिले सुन्नु भएको छैन होला । अजरबैजानको यो स्वायत्त गणराज्य ट्रान्स–काकेशियनको पठारमा छ । नख्चिभन आर्मेनिया, इरान र टर्कीको बीचमा चारै तर्फबाट घेरिएको छ । यो पूर्ण सोभियत सघंका सबै भन्दा पृथक चौकी मध्ये एक हो । जसको हुनु र नहुनुको अर्थ छैन । आर्मेसनयाको ८०–१३० किलोमिटर चौडाईले यसलाई आफ्नो देश अजरबैजानबाट अलग गर्दछ । साढे चारलाख आवादी विश्वको सबै भन्दा ठूलो ल्यान्डलक स्क्सक्लेभमा बस्ने गर्छन । 

यसको क्षेत्रफल बाली बराबरको  छ । यहाँ सोभियत युगका भवनहरु छन् । सुनले बनेका गुम्बाहरु, साथै फलाम जस्तै रातो रंगका पहाडहरु छन् । 
यहाँको एक समाधीस्थलमा हजरत नबीलाई गाडीएको थियो । पहाडमा निर्मित मध्यकालीन किल्लालाई लेनली प्लेनेटले ‘युरेशियाको माचू पिचू’ भनेर वर्णन गरेका थिए ।
...... 
साफ–सुथरी राजधानी

नख्चिवनको राजधानी साफ–सुथरी हो । हरेक हप्ता यहाँका सरकारी कर्मचारी रुख रोप्ने गर्छन । बिग्रिएको सोभियत संघबाट नै यहाँ पहिलो पटक स्वतन्त्रता घोषणा गरिएको थियो । लिथुआनिया भन्दा केही महिना पहिले अजरबैजानमा सामेल भएको हो ।

अजरबैजानको राजधानी बाकुबाट ३० मिटरको फ्लाइटमा बसेर नख्चिवन सिटी पुग्नु अगाडि मलाई यस विषयमा केही पनि थाहा थिएन । पछिल्लो १५ वर्षदेखि म सोभियत सघंबाट छुट्टिएको टाढा रहेको ठाउँहरुको यात्रा गरिरहेको छु । मैले रुसी भाषा सिकेँ । ट्रान्सनिस्ट्रिया जस्तो देशहरुमा पुगे । ताजिकिस्तान र किर्गिस्तानको चुनाव देखेँ । तर पनि नख्चिवनको यात्रा गर्न नै सकिन ।
......
बाहिरी संसारको लागि अन्जान ठाउँ

नख्चिभनमा सोभियत संघका सीमा नाटोका सदस्य देश तुर्की भेटिएको थियो । यो इरानबाट पनि छुट्टिएको छ । त्यसैले सोभियत संघका धेरैजसो नागरिक सजिलै यहाँ आउँन सक्छन् । 

सोभियत संघबाट अलग भएको ३० वर्षपछि पनि यो ठाउँ रुसी भाषा बोल्ने र बाहिरबाट आउँने मानिसहरुको लागि अञ्जान छ ।

यदि अजरबैजानको भिसा छ भने कोही पनि मानिस त्यहाँ पुग्न सक्छ । यो हिड्नको लागि निकै सुरक्षित ठाउँ हो । तर यहाँका मानिसहरु अभिकारीहरुदेखि सावधान रहन्छन् । 

अजरबैजान इयरलाइन्सको हवाइजहाजबाट तल झरेपछि मैले अध्यागमन डेकु पार गरेँ । जब एक जना मानिसले मेरो कानमा खुसुक्क भने– ‘त्यो पुलिसहरु तपाईँको बारेमा नै कुरा गरिरहेको छन् ।’ मैले सोधेँ– ‘उनीहरुले म को हो हुँ भनेर कसरी चिन्छन् ?’ उनीहरुलाई भनिएको छ, बेलायती एक नागरिकले रातो सर्ट लगाएको थियो । सम्भवतः नख्चिभन बाकु इयरपोर्टबाटै सुरक्षा अधिकारीहरुलाई म आएको जानकारी दिइएको छ । उनीहरुलाई लागेको होला मलाई चिन्ने सबै भन्दा सजिलो तरिका भनेको मेरो टि–सर्ट ।’
.......
हजरत नूहको जमिन 

नख्चिभको साफ–सुथरे शहरको एयरपोर्टमा आएर मैले ट्याक्सी लिएँ । अनि त्यहाँको दोस्रो ठूलो राज्य  ओडुुबडतर्फ लागे । कालो रङको मर्सिडिज चलाउने मिर्जा इब्राहिमोव गाइडको पनि काम गर्छन । त्यो सफा सकडबाट जाँदै गर्दा उनले भने–‘तपाईँले यहाँ फोहोरका एक टुक्रा पनि पाउने हुने छैन ।’
म सोध्न चाहन्थे यहाँको सडक, चौर र सोभियतकालका अवासीय भवनहरु कसरी यति स्वच्छ रहेको छ ? त्यसपछि मेरा ध्यान अचानक कोण भएको बुर्जतिर गयो । 

इस्लामी शैलीमा बनेको बुर्जमा संगमरमर टाईलहरु छन् । इब्राहिमोले भने– ‘यसको महत्व विशेष छ । स्थानीय जनताको मनमा यस ठाउँ विशेष स्थानमा छन् । नूहको चिहान संसारमा त्यो पाँचौ ठाउँ मध्येको एक हो जसको बारेमा भन्ने गरिएको छ कि, नबीलाई त्यहीँ गाडिएको थियो । यहाँका व्यक्तिहरु आफ्नो मातृभूमि ‘हजरत नूहको भूमि’ भनेर विश्वास गर्छन । 

केही विद्वानहरुले भनेका छन्– ‘नख्चिभन’ आर्मेली भाषामा दुई शब्दहरुको संयोजन हो । जसको अर्थ ‘वंशजनको ठाउँ’ हो ।
......
स्थानीय किंवदन्तीहरु

केही व्यक्तिहरु विश्वास गर्छन् । नाख–(नूह) तिवन (ठाउँ) पुरानो फारसीले भाषामा बनेको छ जसको अर्थ ‘नूहको स्थान’ हुन्छ ।

स्थानीय किंवदन्तीहरुका अनुसार नूहको ढुङ्गा इलेन्डागको हिलमा रोकिएको थियो । जब नहरमा बाढी आउँछ पहाडको टुप्पोमा यसको चिन्हहरु अझै देख्न सकिन्छ । नख्चिवनका धेरै व्यक्तिहरुले तपाईँलाई भन्ने छन् नूह र उनका अनुयायीहरुले आफ्नो बाँकी जीवन त्यही बिताएका थिए ।  तिनीहरुको सन्तान छन् । 

इब्राहिमोभले मलाई नूहाको ढूङगा कसरी पहाडी पहाडको टुप्पोमा पुग्योे भनेर बताएको केही दिनपछि एक बुढो मान्छे ओडुबेडको पार्कको बेञ्चमा बसिरहेका थिए । उनले सल्किएको चुरोटले इशारा गर्दै भने– ‘त्यही ठाउँमा पहाडको टुप्पोमा नूहाको ढुङगा रोकिएको थियो ।’

करिब ७ सय ५० वर्षमा जब नूहा र उनको अनुयायी माउन्ट इलेन्डाबाट अवतरण गरे । तिनीहरुका सन्तानहरु पर्सी, ओटोम्यान रुसी शासन अन्तर्गत नै रहे । तर आर्मेनियासँग यसको जग्गा विवाद विगत केही दशकदेखि जारी छ ।

......
आर्मेनियम युद्ध

सन् १९८८ मा जब सोभियत संघको अधिनमा रहेका गणराज्यहरु कमजोर हुँदै गए । आर्मेनियाको जातीय समूहको अजरबैजानसँग दक्षिण–पश्चिमी अजरबैजान नख्चिभन नजिकै नागोर्नो–कार्बखमा युद्ध लडे । सन् १९९४ मा यस हिंसामा करिब ३० हजार मानिस मारिए ।

सन् १९८८ मा अर्मेनियालाई बहुल नश्लीय समूहहरुले नख्चिभनको अजरबैजान र सोभियत संघ जोड्ने रेल र सडक मार्ग बन्द गरिदिएका थिए । इरान र तुर्कीको आरसन नदिमा बनेका दुई साना पुलहरुले नख्चिभनलाई भोकमरी र पतन हुनबाट बचायो । नाकाबनदी र नाकाबन्दीमा फसेको जनतामा आत्मनिर्भरताको भाव देखा पर्यो । पुल र छिमेकीमा आर्थिक निर्भर हुनुको सट्टा उनीहरुले आफै उत्पादन गर्न र खाना बनाउन थाले । 

सन् २००५ मा अजरबैजानको आय र जीडीपी कच्चा तेलबाट बढ्यो । जसका कारण नख्चिभनका लगानी पनि बढ्यो । यसरी थप आत्मा निर्भरताको राष्ट्रिय भावना विकास भयो । 

उत्तर कोरिया जस्तै आज पनि अजरबैजानका उद्गम विश्वका केही उदाहरण मध्येका एक हुन् । जुन आर्थिक रुपमा अन्य देश तथा अन्तराष्ट्रिय व्यापारमा निर्भर छैन । 

नख्चिभनको आर्थिक नीतिले यहाँको खानेकुरा पनि परिवर्तन गर्यो । यहाँका मानिसहरु स्लो फूड तथा आर्गेनिक खेतितर्फ लागे । यो राष्ट्रिय गौरवका स्रोत बन्यो । जसले यस ठाउँको विशेष पहिचान बनायो ।
.....
स्वस्थ खानपान

यहाँ खानलाई विशेष सम्मान गरिन्छ । इरान सीमाको नजिक खानखादै इब्राहिमोभका साथी एलशाद हसानेभ भन्छन्– ‘हामी यही तरिकाले खान सक्छौँ ।’

खाना अभावका सम्झनाहरु एलको दिमागमा ताजा छन् । तर सोभियतले आर्थिक निर्भरता छोडेर नख्चिभनले आफ्नो नीति बनायो । यसले कीटनाशकहरुको प्रयोग गर्न निषेध गर्यो । अनि आर्गनिक खाना तर्फ जोड् दिइयो ।
 
स्वास्थ्यको बारेमा जागरुककर्ताले सुनिश्चत गर्यो । बालाबस जातको भेडा  खानुहोस् । जुन नख्चिभनको खेतबाट आएका हुन् । जुन माछाले स्थानीय झिल्ली खान्छ । 

भोडकामा ३०० प्रकारका जडिबुटीहरु मिलाइएको थियो  । जसलाई नजिकैको पहाडबाट ल्याइएको थियो । हरेक जडीबुटीले केही न केही रोगको लागि काम गथ्र्यो । 

मैले नख्चिभवनको जैविक र स्थानीय खानाको बारेमा सोध्दा हसनोभले खुसी हुँदै भने– ‘हाम्रा मानिसहरु स्वस्थ छन् । हामी पहिलेको जस्तो रोगप्रति संवेदनशिल छैनौँ किन भने हामीले खाने खाना सबै प्राकृतिक र अर्गानिक छन् ।’
...... 
केव (गुफा) थेरापी

मैले एक ठूलो टमाटर खाए जसको स्वाद मेरो मुखमा बस्यो । पक्का यो टमारको स्वाद मैले आजसम्म आएको भन्दा निकै भिन्न थियो । नख्चिभनका मानिसहरुले आनुवंशिक रुपमा सर्वाधिक खाना (जीएमआ फुड) सेवन गर्दैनन् । उनीहरु यति काम पनि गर्दैनन् राजधानीबाट १४ किलोमिटरको एक गुफा छ । पूर्व सोभियत संघले नुनको खानीभित्र अस्पताल बनाएका छन् । यो दावा गरिएको छ, १३ करोड टन शुद्ध प्राकृतिक नुनले दमदेखि ब्रोकाइटिसकासम्म विभिन्न प्रकारका श्वास रोगहरुको उपचार गर्न सकिन्छ । 

जब इब्राहिमोभ र म अँधेरी गुफाभित्र पस्यौँ नख्चिभनको ३० डिग्री सेल्सियसले हाम्रो तनाब गायप गर्यो । इब्राहिमोभले लामो सास लियो धेरै चुरोट तान्ने उसको लागि यो फाइदाजनक भयो । 

संसारका सबै कुनाबाट मानिहरु यहाँ आउँछन् । गत वर्ष उरुग्वेका एक मानिस गम्भीर दम लागेर आएको थियो । ऊ पनि यहीबाट निको भएर गयो । 

त्यही समयमा स्कूलका बच्चाहरु र उनका शिक्षकहरुका टोली पनि रातभरी नुन गुफामा बास बस्न आएका थिए । शहरमा फर्किएपछि मैले सरसाफईप्रति मेरो जोस देखाउने निर्णय गरेँ । नख्चिभन अजरबैजानको सबै भन्दा स्वच्छ शहर हो । 

साप्ताहिक सरसफाई सडक र गल्लीहरु सिंगारिएकी बुहारीको जस्तो साथमा भेटिन्छन् रुखहरु राम्रोसँग काटिएका छन् । झारहरु उम्रिएका छैनन् । 

नाँर्वेजियन हेलसिंकी समितिको विस्तृत विवरण अनुसार यस उपलब्धीको श्रेय सरकारी कर्मचारी कर्मचारीहरुलाई दिइने गरिएको छ । छुट्टीको दिनमा उनीहरु सडकको सरसफाईमा स्वयसेवाको काम गर्छन । 

शनिबार बिहान इब्राहिमाभले मर्सिडीजलाई रोके र नजिकैका क्षेत्रहरु देखाए । केही मानिसहरु घाममा काम गरिरहेका थिए । उनीहरु फल फल्ने रुख रोपिरहेका छन् । सुबोट्निक परम्पराका फाइदाहरु छन्– ‘हरेक रुखको साथमा अक्सिजन बढ्छ । मानिसहरुले स्वच्छ हावा लिन पाउँछन् अनि रुखको फल खान पाइन्छ ।’

.....
स्वेच्छिक कार्य वा बाध्यता ?

नाँर्वेजियन हेलसिंकी समितिको प्रतिवेदन अनुसार यस स्वेच्छिक काममा आपत्ति जनाउने कसैले पनि सजिलै राजीनामा दिन सक्छ । 

आर्थिक विकास मन्त्रालयका एक कर्मचारीले यसलाई स्वीकार गरे । नख्चिभन स्टेट युनिभर्सिटीका एक प्राध्यापकले भने– ‘शासक वासिफ तालिबोवलाई धेरै व्यक्ति तानाशाह मान्छन् ।’ 
यात्राको अन्तिम चरणमा मैले सोचेँ नख्चिभनको स्वच्छ छवि सिङ्गापुरसँग मिल्दोजुल्दो छ । जहाँ सस्तो श्रमका उपलब्धता र सरकारको डरले सधैँ सफा रहन्छ । 

नख्चिभन एक पहेली हो । जुन मैले समाधान गर्न सकेको छैन । यो प्रगतिशील र आत्मानिर्भर स्वयंसेवाद्वारा निर्मित भोज हो अथवा प्रर्दशन गर्ने मिसाल हो । 

यति निश्चित छ, सोभियत युगले जस्तै मानिसहरुले रेस्टुरेन्टहरुमा फुस–फुस कुरा गदैनन् । तर, बाहिरी व्यक्तिहरुसँग खुलेर कुरा गर्छन । 

सरकारी कर्मचारी यहाँ हप्ताको अन्तयमा स्वेच्छिक श्रमदान गर्छन । जसको कारण पछिल्लो १५ वर्षमा यहाँको जीडीपी ३०० प्रतिशत बढेको छ । 

यहाँका मानिसहरु आफ्नो संस्कृति बाहिरबाट आएका मानिसहरुसँग जोड्छन् । साथै स्थानीय सरकारले सबै सस्कृतिलाई घर–घरमा समेटेर राख्छन् । 

बीबीसी हिन्दीबाट साभार ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर