• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजको राशिफल : असोज ६ गते मंगलबार विशेष 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पु¥याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्यपनि अघि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज व्यवसायका लागि यात्राको सम्भावना पनि छ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामानपनि हराउन सक्छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज धार्मिक कार्य सफल रहनेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज लक्ष्मी प्रसन्न हुने योगछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समयपनि छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर