• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रवासी नेपालीलाई भ्रमित पारेर पैसा संकलन गर्ने सगुनको प्रयास जारी

३६ सय नेपाली सेयरहोल्डर, तर नीति निर्माणमा संस्थापकको एकाधिकार

काठमाडौं । नेपाली भावनामाथि सगुनको बैगुन : प्रवासी नेपालीबाट ५५ करोड उठाएको कम्पनी एक रुपैयाँ आम्दानी नगरी एक अर्ब घाटामा’ शीर्षकमा नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति सगुनले औपचारिक रूपमा प्रतिक्रिया दिएको छ । तर, एपबाट ब्याट्री चार्ज हुन्छ भन्ने हावादारी दाबी गरेर प्रवासी नेपालीबाट रकम संकलन गरेकोमा कम्पनीले आफ्नो गल्ती स्विकारेको छैन । 

खोज पत्रकारिता केन्द्रको संयोजनमा तयार भएको सो समाचारमा सगुनले हावादारी सपना बेचेर ३६ सय प्रवासी नेपालीबाट रकम संकलन गरेको दाबी गरिएको थियो । समाचार प्रकाशित भएपछि सगुनका सहसंस्थापक कविन सिटौलाबाट प्रेषित पत्रमा भनिएको छ, ‘सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकास गर्नेबारेमा आइआइटी दिल्लीका प्राध्यापकहरूसँग मिलेर अनुसन्धान गरेको, तर त्यसका लागि धेरै खर्च लाग्ने देखेर हामीले उक्त परियोजनालाई हाल स्थगित गरेका हौँ ।’ तर, प्रश्न के उठ्छ भने अनुसन्धान सुरु गरेको र प्रमाणित नभएको विषयलाई सगुनले केको आधारमा विज्ञापन ग¥यो ? देशका प्रधानमन्त्रीका अगाडि यस्तो हावादारी दाबी किन र के उद्देश्यले प्रस्तुत गरिएको थियो ? यो नेपाली जनतालाई भ्रमित गर्ने र उनीहरूबाट पैसा दोहन गर्ने उद्देश्य थियो भन्ने प्रस्ट छ ।

ब्याट्रीको दाबी ‘फ्युज’ भएपछि प्रयोगकर्ता ८१ लाख पुगेको अर्को हावादारी दाबी प्रस्तुत गरेको छ । 

गत जुनयता हरेक महिना १० लाख प्रयोगकर्ता बढेको दाबी गरिए पनि यसको स्वतन्त्र पुष्टि हुँदैन । सोमबारसम्म गुगल प्लेस्टोरको आधिकारिक रेकर्ड हेर्दा स्थापनादेखि अहिलेसम्म सगुनका दुई एप्समध्ये एउटा पाँच लाख र एउटा एक लाख डाउनलोड भएका छन् । यो नेपालभित्र सञ्चालन भएका सामान्य ‘स्टार्टअप’को तुलनामा पनि निकै कम हो । एनसेल, इ–सेवा, नबिल बैंक, खल्तीजस्ता एपहरू नै १० लाखभन्दा बढी डाउनलोड भएका छन् । हाम्रो पात्रो एप ५० लाखभन्दा बढी, अर्थात् सगुनभन्दा १० गुणा बढी डाउनलोड भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर