• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आइपिएल : रोयल च्यालेन्जर्स बैंगलोरको विजयी शुरुवात

काठमाडौं   । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा बैंगलोरले हैदरावादलाई १० रनले पराजित गरेको हो ।

बैंगलोरले दिएको १५४ रनको लक्ष्य पछाएको हैदरावाद १९.४ ओभरमा १५३ रन बनाएर अलआउट भएपछि बैंगलोर १० रनले विजयी भएको हो ।

हैदरावादका लागि जोनी बैरस्ट्रवले सर्बाधिक ६१ रन बनाए भने मनिष पाण्डेले ३४ र प्रियं गर्गले १२ रन बनाए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बैंगलोरका बलर युजवेन्द्र चहलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने शिवम दुवे र नवदीप सैनीले २(२ विकेट लिए । त्यस्तै डेल स्टेनले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो । बैंगलोरका लागि आफ्नो डेभ्यु खेलमा देभदत्त पडीक्कलले ४२ बलमा ५६ रन बनाएका थिए । आइपिएलमा डेभ्यु गर्दै भारतीय अन्डर १९ बाट आएका खेलाडी देभदत्तले ८ चौका प्रहार गरेका थिए ।

आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुदै छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर