आकाश श्रेष्ठ र एलिजा गौतमको दशैँ गीत ‘सानु ’ सार्वजनिक

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री एलिजा गौतमको दशैँ गीत ‘सानु ’  सार्वजनिक भएको छ, जसलाई प्रभावन जेले निर्देशन गरेका हुन् । गीतमा एलिजा र आकाशसँगै गुराँस ढकाल, बाल कलाकार साइमरा थापालाई अभिनय गराएका छन् ।

गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द कमल सरगमको हो भने, लय घमेश दुलाल । यसमा एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ । आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो । गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतमले गरेका हुन् ।

 

 

 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर