बलिउड ड्रग्स केस : च्याटमा प्रयोग डी,एन,एस र के कोर्डमा पर्ने सेलिब्रेटी को को हुन् ?

एजेन्सी । बलिउ अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरण यतिबेला ड्रग्सको विषयमा पुगेको छ । जसको कारण सुशान्तको प्रेमीका रिया चक्रवर्ती मूख्य आरोपी मानिएकी छन् । 

सुशान्तको आत्महत्या प्रकरणमा ड्रग्सको केस पुगे लगतै बलिउडका केही चर्चित सेलिब्रेटीको नाम सार्वजनिक भएको छ । सुशान्तको केस हेरिरहेको एनसीबीले ५ जना बलिउड कलाकार यसमा सहभागी भएको जनाएको छ । जस अनुसार उनीहरु आरोपित ठहरिएमा पक्राउ गरिने छ । 
 
दीपिका पादुकोण
नारकोटिक्स कन्ट्रोल ब्युरोले हालै अभिनेत्री दीपिका पादुकोण पनि यस ड्रग्स केसमा नाम आएको खुलासा गरेको छ । खासमा एनबीसीले गरेको एक अनुसन्धानमा जहा साहाको म्यानेजर करिश्मा र दीपिका पादुकोणबीचमा भएको च्याट सार्वजनिक गरेको हो । जया सुशान्तसिंहको ट्यालेन्ट म्यानेजर थिइन् जसलाई एनबीसीले आज पुटताछ गरेको छ । 

करिश्मा र दीपीको यस च्याटबाट बलिउडमा सनसनी मच्चिएको छ । दीपिकाले उक्त च्याटमा करिश्मासँग सोधिरहेकी छन् –‘के तिमीसँग माल छ ?यसको जवाफमा करिश्माले भनेकी छन् –‘छ...तर घरमा म त बान्द्रामा छु ।’

श्रद्धा कपुर
यसै विषयमा अभिनेत्री श्रद्धा कपुरको नाम पनि आएको छ । सुशान्तको म्यानेजर जया र श्रद्धाबीचको च्याट सार्वजनिक भएको छ । जसमा श्रद्धाले सीबीडी आयल मागेकी छन् । यो एक प्रकारको ड्रग्स हो । तर जयाले बताए अनुसार यो ड्रग्स कानुनी छ । 

नम्रता शिरोदकर
आनुसन्धानको क्रममा सार्वजनिक भएको च्याटमा केही अंग्रजी कोडहरुके पजि प्रयो भएको छ । यही कोडलाई डिकोड गर्दा नम्रता शिरोडकरको नाम पनि यस केसमा तान्निएको हो । कोड्स अनुसार डी, एन,एस,के अर्थात दीपिका पादुकोण, नम्रता शिरोडकर,श्रद्धा कपुर र करिश्मा प्रकास हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर