• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रधानमन्त्रीको निर्देशनका कारण पाठ्यपुस्तक बितरण रोकिएको हो–शिक्षामन्त्री पोखरेल

तस्विर : समाचारदैनिक

काठमाडौं । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार पाठ्यपुस्तक बितरण रोकिएको स्पष्ट पारेका छन् ।  मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिएको जानकारी दिएका हुन् । यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीबीच छलफल गरेर रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएकाे उनले बताए ।  

यस बिषयमा चाडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने उनको भनाई छ । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका कारण पुस्तक वितरण नभएको बुझिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर