• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गर्भमा रहेको बच्चाको लिङ्ग पत्ता लगाउन एक व्यक्तिले हसियाले गर्भवती श्रीमतीको पेट काटे !

एजेन्सी । भारतको उत्तर प्रदेशको बुडाउनमा एक व्यक्तिले गर्भमा रहेको शिशुको लिङ्ग पत्ता लगाउन हसियाले आफ्नी गर्भवती श्रीमतीको पेट काटेको छन् । 

घटनापछि उनको श्रीमतीको अवस्था नाजुक बनेको र जन्मन नपाएको बालकको मृत्यु भएको प्रहरी तथा आफन्तजनले बताएका छन् । उक्त व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

शनिवार भएको उक्त घटनापछि महिलालाई राजधानी नयाँ दिल्लीस्थित एक अस्पतालमा गहन हेरचाह कक्षमा राखिएको उत्तर प्रदेश राज्यको बुडाउन जिल्ला प्रहरीले जनाएको छ । 

ती दम्पतिको यसअघि नै पाँच वटी छोरी रहेको र पतिले अबको गर्भमा पेटमा छोरा वा छोरी रहेको जन्मनअघि नै जान्ने प्रयास गर्दा यो घटना हुन गएको महिलाका भाइले बताएका छन् । 

‘आफू आफ्नो बच्चाको लिङ्ग पत्ता लगाउन चाहेको बताउँदै उन(भिनाजु)ले दिदीको पेटमा हसियाले प्रहार गरे,’ पीडित महिलाका भाई गोलु सिंहले रोयटर्ससँग भने । घाइते आमाको पेटबाट मृत बच्चालाई आइतबार निकालिएको र उक्त व्यक्तिलाई पहरी हिरासतमा राखिएको प्रहरीले बताएको छ । 

भारतमा छोरीहरुलाई एक भारी बोझको रुपमा लिइन्छ, किनकि उनीहरुको विवाहमा परिवारले दाइजोको रुपमा भारी पैसा र सम्पति दिनुपर्ने हुन्छ, जबकि छोराहरुलाई ‘कमाउने’को रुपमा मूल्यवान लिइन्छ जो वंशको सम्पति र परिवारको नामलाइृ निरन्तरता दिने मानिन्छ । 

भारतमा स्त्री भ्रुणको गर्भपतनमा प्रतिबन्ध छ, जबकि छोराको इच्छामा छोरीहरुको दोब्बर भन्दा बढी जन्म हुने गर्दछ ।

भारतको जनसंख्या संस्थानका अनुसार, सन् १९९०देखि २०१८को बीचमा जन्मपूर्व लिङ्ग चयनका कारण भारतमा करिब एक करोड ६० लाख छोरीहरु बेपत्ता बने । 

गत जुलाई महिनामा जारी एक सर्वेक्षण अनुसार, सन् २०१५देखि २०१७मा भारतको लिंग अनुपात वा प्रति एक हजार पुरुषमा महिलाको संख्या ८९६ थियो, जुन अनुपात सन् २०१४–२०१६ मा ८९८भन्दा कम र सन् २०१३–२०१५ मा ९०० थियो । 

भारतीय कानुनले डाक्टर तथा स्वास्थ्यकर्मीलाई आमा–बुबासँग उनीहरुको गर्भमा रहेको शिशुको लिङ्ग सार्वजनिक गर्न र बच्चाको लिङ्ग पहिचानका लागि मात्रै परीक्षण गर्नबाट प्रतिबन्ध गर्छ र पञ्जीकरण चिकित्सा अभ्यासहरुलाई मात्रै गर्भपतन गर्ने अनुमति छ । 

तर अभियान्ताहरुले पुरै भारतमा लैङ्गिक विभेद र स्त्री भ्रुण हत्या एक ठूलो समस्या रहेको बताउँने गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर