• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राजनीतिमा भ्रष्टाचार रोक्न निर्वाचन प्रणालीमा सुधार आवश्यक -कानून समाज 

काठमाडौं । नेपाल कानून समाजले राजनीतिमा हुने भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणालीमा सुधारको खाँचो औंल्याएको छ । निर्वाचन प्रणालीसँगै राजनीतिक संस्कार पनि सुधार हुनु आवश्यक रहेको समाजको ठहर छ ।  

कानुन समाजले ‘भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन’ विधेयकमा निर्वाचन प्रणाली र राजनीतिक नियुक्तिहरु पारदर्शी बनाउने विषय उल्लेख गर्नुपर्ने सुझावसहित संसदीय समितिलाई प्रतिवेदन बुझाउको छ । भ्रष्टाचारको मुख्य जड निर्वाचन प्रणाली भएकाले त्यसमा परिमार्जन गर्नुपर्ने सुझाव विधायन व्यवस्थापन समितिलाई दिइएको कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए ।  
 
समाजको प्रतिवेदनमा निर्वाचनमा खर्च गर्न नपाउने, उमेदवार बन्दा दलले रकम असुल गर्ने प्रचलनको अन्त्य गर्नुपर्ने, दलगत आर्थिक सहयोग गर्ने व्यवस्था र सम्पूर्ण कारोबार बैंकमार्फत मात्र गर्ने व्यवस्था गर्नुपर्ने सुझाव समेटिएका छन् । 

कानुन समाजले राजनीतिक, प्रशासनिक र निजी क्षेत्रको गठबन्धनलाई निस्तेज पार्ने कानुनी व्यवस्था गर्दै अनुचित कामलाई उचित बनाउने पद्दतिसमेत निरुत्साहित गर्न आवश्यक रहेको बताएको छ । 

यस्तै कानुन समाजले नीति क्षेत्रमा अख्तियारको प्रवेशले लगानीमा असर गर्नेतर्फ पनि ध्यानआकर्षण गराएको छ । यस्तै पदमा बहाल हुँदा र पदबाट हटेपछि तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने अमिल्दो सम्पत्ति देखिए भ्रष्टाचारमा कारबाही चलाउन पाउने कानुन आवश्यक रहेको सुझाव कानुन समाजले दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर