• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 08:24 am

लकडाउनका कारण अफ्रिकामा गैंडाको चोरी तस्करी घट्यो

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण गैंडाको चोरी तस्करी निकै घटेको अधिकारीहरुले जनाएका छन् । पृथ्वीकै लोप हुने खतराको सूचीमा रहेको गैंडा मारिनेक्रम फेरि शुरु हुने खतरा विज्ञहरुले औंल्याएका छन् । 

दक्षिण अफ्रिकामा लकडाउन गत मार्चको अन्त्यमा घोषणा गरिएको थियो । सबै अन्तर्राष्ट्रिय र स्वदेशी उडान तथा यात्राहरुमाथि प्रतिबन्ध लगाइएको थियो । अफ्रिकामा अहिले दैनिक जनजीवन विस्तारै खुला गर्न थालिएको छ भने आगामी अक्टोबर १ देखि अन्तर्राष्ट्रिय पर्यटकलाई पनि भ्रमणका लागि खुला गरिँदैछ । 

दक्षिण अफ्रिकाका वातावरण विभागका प्रवक्ता अल्बी मोडिसेले लकडाउनका कारण गैंडा मार्नेक्रम रोकिएको बताउँदै यस अवधिमा गैंडा चोरी तस्करी नियन्त्रणका सन्दर्भमा नयाँ उपायहरुको खोजी गरिएको जानकारी दिए । 

विभागका अनुसार यस वर्ष सन् २०२० को पहिलो छ महिनामा दक्षिण अफ्रिकामा मारिने गैंडाको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष छ महिनाको अवधिमा दक्षिण अफ्रिकामा १६६ वटा गैंडा मारिएका थिए । 

दक्षिण अफ्रिकामा करिब २० हजार गैंडा छन् । यो संख्या विश्वको कूल गैंडाको संख्याको झण्डै ८० प्रतिशत हो । बहुमूल्य गैंडाको खागका तस्करहरुले गैंडाको चोरी सिकारी गर्ने गरेका छन् । अफ्रिकी महादेशमा केन्या, नामिबिया र जिम्बाबेमा पनि गैंडा छन् । 

क्वाजुलु–नाटाल प्रान्तमा गैंडा संरक्षणका लागि स्थापित हुहुवे–मोलोजी निकुञ्जको वरिपरि ‘स्मार्ट बार’ बनाइएको छ जसले निकुञ्जभित्र छिर्न खोज्ने जोकोही व्यक्तिका बारेमा निकुञ्जका रक्षकहरुलाई पूर्व सूचना दिने गर्दछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३ लाख १४ हजार पुग्यो

  • १३ कार्तिक, २०७७

काठमाडौं । भारतमा हालसम्म ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन्। छ लाख तीन हजार २५१ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार बढी

  • १३ कार्तिक, २०७७

काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ३९ जनाले ज्यान गुमाएका छन्। यो सहित अमेरिकामा दुई लाख ३३ हजार १२२ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन

  • १३ कार्तिक, २०७७

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा पुनः लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल