• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 08:41 am

सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर पुनर्निमाण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यी दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने भएको छ ।

यी दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने निणय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

मनसुन सुरु भएको जेठ ३० गतेदेखि अहिलेसम्म प्राकृतिक विपदमा परेर देशभर अहिलेसम्म तीन सय ४० जनाको ज्यान गएको छ । ९९ जना अझै हराइरहेका छन् । विपदमा दुई सय ९८ जना घाइते भएका छन् । प्राकृतिक विपद्का कारण सबैभन्दा धेरै सिन्धुपाल्चोक र बाग्लुङ जिल्ला प्रभावित भएका छन् ।

यसैबीच सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय पनि गरेको छ । यही असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय सरकारले गरेको मन्त्री एवं सरकारका प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

  • १३ कार्तिक, २०७७

काठमाडौं। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।  बैरागीले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी

चितवनमा तास र कौडा खेल्ने २० जना पक्राउ

  • १३ कार्तिक, २०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।  चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत

आजको मौसमः देशका अधिकांश भेगमा मौसम सफा रहने

  • १३ कार्तिक, २०७७

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि