• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 08:05 pm

सबै सार्वजनिक सेवा र व्यवसाय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । 

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमल लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । 

यस्तै कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको उनले जानकारी दिए । त्यस्तै अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको उनले बताए । 

त्यस्तै प्रवक्ता गौतमले बीर अस्पतालमा एक मृतकको अंग निकालेको खवरप्रति ध्यानाकर्षण भएको बताए । उक्त व्यक्तिलाई केन्द्रीय कारागारबाट असोज तीन गते अस्पतालमा लगिएको र अस्पताल पुराउनुभन्दा अघि नै मृत्यु भएको उनको भनाई छ ।

 मृतकको अव धेरै दिन अस्पतालमै राखिएकाले सडेका कारण शरिरमा परिवर्तन आएको र उक्त परिवर्तन स्वभाविक भएको प्रवक्ता गौतमले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा संक्रमण पुष्टि 

  • ११ कार्तिक, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ९७ महिला र १ सय ५५ पुरुष संक्रमित छन् । कम परीक्षणभएसँगै

नेपालमा मंगलबार थप ५ सय ७० जनामा संक्रमण पुष्टि,३ हजार १६८ जनाले कोरोना जिते

  • ११ कार्तिक, २०७७

काठमाडौं ।  नेपालमा मंगलबार ५  सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको  भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६८ जनाले

दशैंपछि कोरोना भाइरस अझ फैलन सक्छ, कसरी बच्ने ?

  • ११ कार्तिक, २०७७

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका संक्रमितहरु नेपालमा पनि बढिरहेका छन् । नेपालमा सोमवारसम्म कुल एक लाख ५९ हजार ८३० जनामा