• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

स्वारेज एथ्लेटिको मड्रिडमा आवद्ध

बार्सिलोनाका उरुग्वेन लिजेण्ड, ३३ वर्षीय लुइस स्वारेज जसले ६ सिजनमा २ सय ८३ खेल खेल्दै १ सय ९८ गोल गरेका थिए ।

एजेन्सी । बार्सिलोनाको सेन्टर फरवार्ड लुइस स्वारेजले अन्नतः क्याम्प नोउ छोडेका छन् । विगत ६ सिजन बार्सिलोनाबाट खेलेका लिजेण्ड फरवार्ड स्वारेज बार्सिलोनोको प्रतिद्धन्दी भएर खेल्न स्पेनिस एथ्लेटिको मड्रिड जाने पक्का भएको छ । 

यसको आधिकारिक घोषणा गर्दै बार्सिलोनाले स्वारेजलाई धन्यवाद दिदै नयाँ सुरुवातका लागि शुभकामना दिएको छ । बार्साका कप्तान लियोनल मेसीका मिल्ने साथी स्वारेजले कुल २ सय ८३ खेल खेल्दै १ सय ९८ गोल गरेका थिए । 

स्वारेज ईटालियन युभेन्टस जाने चर्चा चर्कै रुपमा चलेपनि अन्नतः उनी ६ मिलियन युरोमा एथ्लेटिकोमा अनुवन्ध भएका हुन् । बार्साका नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानले स्वारेजलाई आफ्नो योजनामा नरहेको बताएपछि उनि सम्झौता एक बर्ष बाँकी छंदै अमिलो मन बनाएर क्याम्प नोउ छोड्न बाध्य भएका हुन् । 

सन् २०१४ मा बार्सिलोना आएपछि उनले कुल ६ उपाधि जितेका छन् भने क्लबको इतिहासमा तेश्रो सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् । बार्सिलोनाका लागि मेसीले सर्वाधिक गोल गरेका छन् भने दोश्रो नम्बरमा सेसर छन् ।

बार्सिलोना र एथ्लेटिकोले ६ मिलियन युरोमा लुईस स्वारेजलाई अनुवन्ध गर्ने विषयमा सम्झौता गरेको घोषणा गरिसकेका छन् ।

डिएगो सिमोनीको क्लबमा आवद्ध हुनुअघि स्वारेज लिभरपुलका स्टार थिए । गत सिजन स्वारेजले ईन्जुरीका बाबजुत ३६ खेलमा २१ गोल गरेका छन् । 

केही दिन अघि मात्रै बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडाल र राईट ब्याक नेल्सन सिमेडोले पनि क्याम्प नोउ छोडेका थिए । भिडाल र स्वारेज मेसीका मिल्ने साथी हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर