• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आँसु झार्दै, दुखी हुँदै बार्सिलोनाबाट बिदा भए स्वारेज

एजेन्सी । मेसी बार्सिलोनामै हरने भएपछि स्वारेजले पनि क्लब छोड्न चाहेका थिएनन् । तर अवस्था यस्तो आयो, नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानले स्वारेजलाई आफ्नो योजनाको टिममा नअट्ने भएकाले बाहिरिन भने । त्यस लगत्तै उनी इटालियन युभेन्टस जाने चर्चा चल्यो । तर अन्ततः बार्सिलोनाको बलियो प्रतिद्धन्दी मध्यको एक एथ्लेटिको मड्रिडमा उनि अनुबन्ध भए । 

बार्सिलोनाले आज स्वारेजको विदाईमा एउटा सानो समारोह आयोजना गर्यो । पटक पटक आँसु झार्दे खुखी हुँदै स्वारेजल विदा भए । उनको विदाई समारोहमा कप्तान तथा उनका मिल्ने साथी लियोनल मेसी अन्य कप्तानहरु, जेरार्ड पिके, सर्जियो रोबर्टों, बस्क्वेट र अन्य केही उपश्थित थिए । 

३३ वर्षीय उरुग्वेन स्ट्राइकर लुइस सुआरेज बिहीबार पत्रकारसामु पटक पटक भावुक बने । किन भने उनले बार्सिलोनासँगको ६ वर्ष लामो यात्रामा पूर्ण विराम लगाउदै थिए । त्यो पनि आफ्नो ईच्छा विपरित । 

बार्सिलोनामा ६ वर्ष बिताउँदा उनले दुई सय ८३ खेलमा एक सय ९८ गोल गरेका थिए । बार्सिलोनाको इतिहासमा सुआरेज धेरै गोल गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा पर्छन् । पहिलो स्थानमा उनका मिल्ने साथी लियोनल मेसी नै छन् । ‘नरमाइलो साथ म बार्सिलोनाबाट जाँदै छु, जुन मेरो कल्पनाभन्दा बाहिर रह्यो,’ सुआरेजले भने । 

बार्सिलोनामा रहँदा सुआरेजले चार स्पेनिस ला लिगा, चार कोपा डेल रे, युरोपियन च्याम्पियन्स लिग तथा क्लब विश्वकप उपाधि जितेका थिए । सन् २०१४ मा उनी इंग्लिस क्लब लिभरपुलबाट सात करोड ४० लाख पाउन्डमा बार्सिलोनामा अनुबन्ध भएका थिए । 

सुआरेजले अन्तिमपटक बार्सिलोनाको जर्सीमा युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलमा बायर्न म्युनिखविरुद्ध प्रतिस्पर्धा गरेका थिए । सो खेलमा बार्सिलोना बायर्नसँग ८–२ ले पराजित भएको थियो । 

सन् २०१५र१६ को सिजनमा सुआरेज उत्कृष्ट फर्ममा थिए । यस वर्ष उनले सबैखाले प्रतियोगितामा गरी बार्सिलोनाबाट ५९ गोल गरेका थिए । साथै उनले २२ पटक असिस्ट गरे । 

यही सिजन बार्सिलोनाबाट बाहिरिने स्टार खेलाडीमध्ये सुआरेज चौथो हुन् । यसअघि नेल्सन सिमेडो, ईभान राकिटिक तथा अर्टुरो भिडालले बार्सा छोडिसकेका छन् । 

बार्सिलोनाको व्यवहारबाट दिक्क भएका मेसीले गत महिना मेसीले अन्य क्लबमा जानका लागि बार्सिलोनालाई बाटो खुलाउन आग्रह गरेका थिए । तर क्लबले सहज वातावरण बनाईदिएन । क्लबका विरुद्ध कानूनी उपचार खोज्न अदालत नजाने प्रतिक्रिया दिएका मेसी पनि गर्हुंगो मन बनाएर क्लबमा बसिरहेका छन् । 

पत्रकार सम्मेलनमा स्वारेजले भनेका छन्, ‘प्रशिक्षकले मलाई भन्नुभएको थियो, तिमी मेरो योजनामा छैन ।’ त्यसपछि अन्य क्लबमा जाने निधो गरेको हुं । ‘खेलाडी कहिलेकाहीँ परिवर्तन चाहन्छन्, क्लब पनि केही परिवर्तन गर्न चाहन्छ, तर यो परिवर्तनको खेलमा प्रशिक्षकले मलाई नै परिवर्तन गरे ।’ 

बार्सिलोना र एटलेटिको म्याड्रिडबीच ६ मिलियन युरोमा सम्झौता भएको छ । ३३ वर्षीय सुआरेजको पारिश्रमिक च्याम्पियन्स लिगको छनोट खेलअनुसार तय हुनेछ । सुआरेज दुई वर्ष एटलेटिको म्याड्रिडसँग सम्झौता गर्दा पारिश्रमिक पनि घटाएको छ ।

बार्सिलोनाको बिक्री सूचीमा रहेको थाहाँ पाउँदा आफूलाई ठूला क्लबबाट प्रस्ताव आएको उनले खुलासा गरेका छन् । भन्छन्, ‘जब बार्सिलोनाले सुआरेजको निरन्तरता हुँदैन भनेको थियो, त्यसबेवेला मलाई धेरै क्लबबाट राम्रो प्रस्ताव गरेको थियो, तर रकमभन्दा पनि प्रतिस्पर्धी क्लब नै रोजेँ ।’ बार्सिलोना र रियल म्याड्रिडविरुद्ध खेल्न पाउनु नै ठूलो सफलता भएको उनले बताए ।    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर