• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाई

एजेन्सी । यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखले जितेकाे छ । गएराति भएको फाइनलमा सेभिल्लालाई खेलको अतिरिक्त समयमा २–१ ले पराजित गर्दै  बार्यनले उपाधि जितेकाे हो । 

बार्यनले यसअघि सन् २०१३ अर्थात् सात वर्षअघि सुपर कपको उपाधि जितेको थियो । सात वर्षपछि फाइनलमा पुगेको बार्यन खेल उल्टाएर उपाधि जित्न सफल भएको हो  ।सेभिल्ला भने पछिल्लो १० वर्षमा चौथो पटक युएफए सुपर कपको फाइनलमा पराजित भएको छ । 

गएराति हंगेरीमा भएको फाइनलमा खेलमा पहिलो गोल भने सेभिल्लाले गरेको थियो । खेलको १३ औं मिनेटमा सेभिल्लाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

तर, ३४औं मिनेटमा बार्यनका लियोन गोरेज्काले गोल गरेपछि खेल ११ को बराबरीमा पुग्यो। पहिलो हाफमा बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा समेत गोल हुन सकेन् । 

निर्धारित ९० मिनेटसम्म खेल बराबरी भएपछि उपाधिका लागि अतिरिक्त समयमा प्रतिस्पर्धा भयो । थप भएको समयको एक सय चार मिनेटमा बार्यनका मार्टिनेज अगुईनागाले गोल गर्दै सात वर्षपछि उपाधिको रक्षा गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर