• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ललितपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्।

दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हो। मेघा अस्पतालमा भर्ना भएकी ललितपुरकी ७० वर्षीय महिलाा र ७३ वर्षीय पुरुषको बिहीबार उपचारको क्रममा मृत्यु भएको  स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यस्तै बयोधा अस्पतालमा ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरषको बुधबार मृत्यु भएको कार्यालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर